शालिग्राम करिडोरमा तिन ठेक्का, देवघाटको देउपुरदेखी भतेरीसम्म कालोपत्रे गरिने

Devghat Online

शेयर गरौ

देवघाट, साउन २९

गण्डकी प्रदेशको गौरबको आयोजनाको रुपमा रहेको सालिग्राम करिडरमा कालोपत्रे गर्नकोलागि तिन वटा ठेक्का सम्झौता गरिएको छ । उक्त सडक खण्डमा कालोपत्रे गर्नका लागि तीन वटा ठेक्का सम्झौता गरिएको पूर्वाधार विकास कार्यालय तनहुँले जनाएको छ ।

सालिग्राम कोरिडरको दासढुङ्गादेखि देउपुरसम्मको ६ दशमलब २ किलोमिटर दूरीमा यसअघि नै कालोपत्र कार्य सम्पन्न भैसकेको छ । तेह्र करोडको लागतमा उक्त सडक कालोपत्रे गरिएको थियो ।
तनहुँ खण्डमा पर्ने कूल ८२ किलोमिटर सडकमध्ये अव देवघाट गाउँपालिका–५ को देउपुरबाट वडा नम्बर १ को भतेरीसम्मको करिब सत्र किलोमिटर दूरीमा कालोपत्रे गर्नका लागि नयाँ ठेक्का सम्झौता भएर प्रक्रिया अघि बढिसकेको कार्यालयले जनाएको छ । उक्त खण्ड सडक चालु आबमा सुरु गरी दुई बर्षभित्र कालोपत्र सम्पन्न गर्ने लक्ष्य रहेको छ ।

त्यसैगरी घिरिङ गाउँपालिकाको बैडीबाट पुट्टारसम्मको ३२ किलोमिटर दूरीमा ग्रावेल सडक निर्माणका लागि दुई वटा ठेक्का भई सम्झौता भएको छ । घिरिङ्गको करुवाटारसम्मको २१ दशमलब ५६५ किलोमिटर दूरीसम्म पहिलो ठेक्का सम्झौता भएको छ । उक्त दूरीमा ग्रावेल सडक निर्माण गरिने छ । सडक निर्माणको चार करोड बजेट बिनियोजन गरेको छ ।

त्यसैगरी घिरिङ्ग गाउँपालिकाको करुवाटारदेखि दश दशमलब ४३५ किलोमिटर दूरी दोस्रो ठेक्का सम्झौता भएको छ । उक्त दूरीमा पनि ग्रावेल सडक निर्माण गरिनेछ । सो कार्यकोलागि चार करोड बजेट बिनियोजन गरिएको छ । शालिग्राम करिडोर देवघाटको दासढुङ्गाको पुलबाट देउपुर, कोटा, रुपटार, मानपुर, डेढगाउँ, बैदी हुदै पाल्पाको रामपुर र स्याङ्जा जिल्ला जोड्छ । कालिगन्डकी करिडोरबाट पाल्पा र स्याङ्जालाई तनहुँसँग जोडेपछि त्यसपछि शालिग्राम करिडोर सुरु हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण