देवघाट अनलाइन संवाददाता
१४ अगष्ट
माल्टा / यहि आउदो सेप्टेम्बर २ तारिकका दिन यस तमु समाज माल्टाद्वारा आयोजना हुने विशेष साँस्कृतिक कार्यक्रमको लागि नेपालकै चर्चित गायक प्रमोद खरेल माल्टा आउने भएका छन् । कुनै पनि राष्ट्रको परिचय भनेको देशको आफ्नो मौलिक भेषभुषा , धर्म , संस्कृती हो भन्ने सोचलाई मनन गर्दै नेपाली कला तथा संस्कृतिको संरक्षण गर्न केहि टेवा पुर्याउने र स्थानिय एंव नवयुवा कलाकारहरुमा रहेको प्रतिभा प्रफुस्टित गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको तमु समाज माल्टा अध्यक्ष मधु गुरुङले जानकारी दिए ।
माल्टाको कुलेज फुटबल ग्राउन्डमा हुने कार्यक्रम बेलुकी ५ बजे देखि १० बजे सम्म हुनुका साथै कार्यक्रमको लागि टिकट मात्र १५ युरो रहने कार्यक्रम संयोजक पम बहादुर गुरुङले बताए । कार्यक्रममा गायक खरेल संगै स्थानिय कलाकारहरुको बेजोड प्रस्तुति समेत रहने हुँदा सम्पुर्ण माल्टाबासी नेपालीहरु उपस्थित भै कार्यक्रमको शोभा बढाइदिन समेत आयोजक टिमले आग्रह गरेका छन् ।