सनातन प्रति घृणा फैलाउने बिधर्मीहरुको गतिविधि बन्द होस्

Devghat Online

शेयर गरौ

प्रा.डा. गुरुप्रसाद सुवेदी

 धरानमा भएको गोहत्या लगायतका संविधानविरोधी अवाञ्छित गतिविधिको विरुद्धमा शान्तिपूर्ण सद्भावना ऱ्यालीका लागि पायक पर्ने केही गोभक्त श्रद्धालुहरू र केही सन्त महात्माहरू जान लाग्नुभएको थियो । यो कुरा सुनेर प्रशासन पहिल्यै अत्तालिएछ । २४ घण्टे डेङ्गुको झुटो बहाना बनाएर धरानलाई ठप्पै हुने गरी कर्फ्यु आदेश जारी गऱ्यो । यसरी धुमधामसँग सुरक्षा जवान खटाई इटहरीदेखि नै आवतजावत बन्द गर्नुले चोरको खुट्टा काट्छु भन्दा आफै डराएर चोरले खुट्टा तानेको जस्तो अनुभव भयो । यस घटनाबाट प्रचलित संविधानको मर्मविपरीत सनातनविरोधी र गोहत्यारालाई प्रोत्साहित गर्ने अनि सामाजिक सद्भाव विथोलेर अशान्ति मच्चाउने को रहेछ भन्ने कुरा प्रस्ट भएको छ । धरानमा सद्भावनाको सन्देश दिने उद्देश्यले आउन लागेका भक्तजनलाई झापामा विराटनगरमा र कोशी व्यारेजमा नै विनाकारण अवरोध खडा गर्नुले आफ्नो देशमा स्वतन्त्रतापूर्वक आवतजावत गर्न पाउने स्वतन्त्रताको अधिकार राज्यले नै हनन गरेको र पूरै राज्य संयन्त्र आफ्नो अपराधका कारण आफै तर्सिएको देखियो । सनातन संस्कृतिको अभ्यास गर्दैआएका र प्रचलित संविधानको पालन गरौँ भन्ने सामान्य व्यक्तिलाई आफ्नै देशमा स्वतन्त्रतापूर्वक आवागमन गर्न पनि नदिने तर देशको राष्ट्रियतालाई नै दखल पुऱ्याउने गरी सामाजलाई आक्रोशित बनाउने किसिमका अभिव्यक्ति दिने, संविधानविरोधी गतिविधि गर्ने, पहिचानको बहानामा हातहतियार बोकेर आतङ्क फैलाउने, उद्दण्ड शैलीका देशका दुश्मनलाई चाहिँ केही भन्न नसक्ने, उल्टै उनको सुरक्षामा खटिने जस्ता गतिविधिहरूले प्रशासन र सुरक्षानिकायको निरीहता छर्लङ्ग हुन्छ । यस अवसरमा स्थानीय प्रशासनको कुत्सित कदम र दोहोरो चरित्र ज्यादै निन्दित र भर्त्सनायोग्य भयो । यो बर्सादको समयमा प्रशासनको अवरोध हुँदा पनि आफ्ना कार्यव्यस्ततालाई बेवास्ता गरेर गोहत्याको विरोधमा संविधानको पालन गर्न र सामाजिक सद्भाव कायम गर्न धरानमा पुग्नुहुने महानुभावलाई हृदयदेखि नै सम्मान प्रकट गर्दछु । जो विविध कारणले जान सक्नुभएन तर हृदयदेखि नै यस कार्यको लागि सद्भाव राख्नुभयो वाहाँहरूप्रति पनि धन्यवाद । तर यो सुरुवातमात्र हो धेरै व्यक्तिहरूले यो धार्मिक यात्रामा अफु सहभागी हुने अवसर पाउनुभएको छैन ।

साँच्चिकै आवश्यक परेमा यौटै आह्वानबाट हजारौ होइन लाखौँको संख्यामा मानिस एकत्रित हुन लालायित हुनुहुन्छ । त्यसपछि स्थिति सरकारको नियन्त्रणभन्दा बाहिर हुन सक्छ । यति सानो आयोजनामा तर्सिने सरकारले अब ख्याल गर्नुपऱ्यो । सनातन मर्यादाविरुद्ध गतिविधि चलाउँदा वा नेपालको मौलिक परम्परागत धार्मिक भावनामा चोट पुऱ्याउँदा त्यसको परिणाम कति भयानक हुन्छ भनेर समयमै थाहा पाउनुपऱ्यो । अन्यथा विदेशी विधर्मीहरूको प्रलोभनमा परेर आफ्नै देशको मौलिक संस्कृति र सनातनहरूको धार्मिक आस्थामा चोट पुऱ्याउनेलाई सरकारी निकायको जिम्मेवारी बहन गर्ने अधिकार छैन । त्यस्ता दुरात्मालाई बेनराजालाई झैँ एकैपटकको हुङ्कारले समाप्त गर्नसक्ने सामर्थ्य पनि जनतामा नै छ । त्यस्तो अवस्था नआओस् भन्ने हाम्रो आग्रह हो । हिन्दुत्व हिँसाबाट टाढा रहनुको नाम हो तर साँच्चै अधर्मको साम्राज्य फैलिने अवस्था आएमा आफ्नो व्यक्त्गत स्वार्थका लागि होइन आफ्नो देश र आफ्नो धर्मको रक्षाका लागि हतो वा प्राप्स्यसि स्वर्गं जित्वा वा भोक्ष्यसे महीम् भनेर कहिल्यै पछि नहट्नेगरी मैदानमा खट्न पनि हिन्दुले नै सक्छ । भगवान् शिवजीको हातमा त्रिशूल, भगवान् विष्णुको हातमा चक्र, जगदम्बा दुर्गा माताको हातमा खड्ग र परशुरामको हातमा बञ्चरो भएको कुरा सबै हिन्दुहरूलाई थाहा छ । त्यसैले देशमा शान्ति सुव्यवस्था कायम गर्न समयमै सचेत हुन र देशमा अशान्तिको आगो सल्काई तमासा हेर्न चाहनेहरूको मतियार नबन्न सम्बद्ध पक्षलाई आग्रह गर्दछु । अतः गोहत्यामा संलग्न व्यक्तिको तत्काल खोजी गरी कानुनबमोजिम कारवाही गर्न, सनातनका अस्थाकेन्द्र वरपर सनातनप्रति घृणा फैलाउने किसिमका विधर्मीहरूको गतिविधि बन्द गर्न र उच्छृङ्खल गतिविधिको प्रदर्शन गर्ने व्यक्तिमाथि निगरानी गरी त्यस्ता गतिविधि हुन नदिन सम्बद्ध प्रशासनिक निकायसमक्षसँग अनुरोध छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र