रिसेडको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ ९

अपाङ्गगताको क्षेत्रमा क्रियाशिल संस्था रिसेड तनहुँको २० औं साधारण सभा शनिबार दमौलीमा सम्पन्न भएको छ । सो साधारणसभाको राष्ट्रिय सभा, दिगो विकास तथा शुसासन समितिका सभापति प्रकाश पन्थले उद्घाटन गरे ।

सो अवसरमा सांसद पन्थले आफु संघिय तहमा अपाङ्गगता समाबेशी नीति तथा कार्यक्रम बनाउन लागि परेको र दमौलीा निर्माणाधिन सभागृह हललाई पहुँचयुक्त बनाउन आफु निरन्तर संघिय तहमा समन्वय गरिरहेको बताए ।

प्रमुख जिल्ला अधिकारी छबिलाल रिजालले अपाङ्गगता भएका व्यक्तिहरुको आर्थिक सशक्तिकरणमा प्राथमिकता दिन अनुरोध गर्दै अपाङ्गगता पहुँचयुक्त भवन निर्माणका लागि सबै अपाङ्गगता भएका व्यक्तिहरुले नियमीत खबरदारी र राज्यलाइ सहयोग गर्नुपर्ने बताए ।

महासंघका उपाध्यक्ष अनिता घिमिरेले तनहुँमा रिसेडले गरेका कार्यहरुको प्रशंसा गर्दै अपाङ्गगता भित्र पनि पुर्ण र अतिअशक्त व्यक्तिहरुलाई प्राथमिकतामा राखी कार्य गर्न सुझाव दिइन् । सिआइएल काठमाडांैका महासचिव गणेश केशीले पहुँचयुक्त सभागृह सम्बन्धमा तनहुँमा भइरहेको आन्दोलनको समर्थन गर्दै सम्पुर्ण अपाङ्गगता भएका अधिकारकर्मीहरु एकजुट भएर आन्दोलनमा लाग्न सुझाव दिए ।

सो कार्यक्रममा जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख अवदेश विष्ट, सामाजिक विकास कार्यालय तनहुँका प्रमुख विक्रम सुवेदि, राष्ट्रिय अपाङ्ग महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष अनिता ढुंगाना, रिसेडका पुर्व अध्यक्ष मदन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

रिसेडका अध्यक्ष पदम बहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको सो साधारण सभामा महासचिव दामोदर रेग्मीले पेश गरेको प्रगति प्रतिवेदन र कोषाध्यक्ष शोभा लम्सालले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन संशोधनसहित पारित गरिएको छ । कार्यक्रममा डिएलएका केन्द्रिय सदस्य अधिबक्ता विष्णु खनाललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले