नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने

Devghat Online

शेयर गरौ

काठमाडौं, असोज ९

नेपालले चीनलाई एक जोडी गैंडा उपहार दिने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको चीन भ्रमणका क्रममा नेपालले चीनलाई उपहारका रूपमा २ वटा गैंडा दिने जनाएको हो । प्रधानमन्त्री दाहालको चीन भ्रमणका क्रममा बेइजिङबाट मंगलबार बिहान जारी भएको संयुक्त वक्तव्यमा नेपालले चीनलाई उपहारका रूपमा गैंडा दिने उल्लेख छ ।

दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको प्रतीकका रूपमा नेपालले चीनलाई गैंडा उपहार दिन लागेको पनि वक्तव्यमा उल्लेख छ । यसअघि पनि नेपालले चीनलाई ४ वटा गैंडा उपहारका रूपमा दिएको थियो । २०७३ सालमा तत्कालीन केपी ओली नेतृत्वको सरकारले चीनलाई गैंडा उपहार दिएको थियो । दुई चरणमा नेपालबाट भद्र, रुपसी, सोल्टी र मितिनी नाम गरेका गैंडा चीन पठाइएको थियो । नेपालले अमेरिका, जर्मनी, सिंगापुर बंगालदेश, जापान र अस्ट्रियालगायतका मुलुकलाई गैंडा उपहार दिँदै आएको छ ।

२०७७ सालको गणनाअनुसार नेपालमा गैंडाको संख्या ७५२ रहेको छ । चितवन राष्ट्रिय निकुञ्जसहित गैंडा पाइने देशका विभिन्न निकुञ्जमा ६ वर्षपछि भएको गणनामा संख्या ७ सय ५२ पुगेको हो । सन् २०१५ को गणनामा नेपालमा ६ सय ४५ वटा गैंडा थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता