प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न पत्रकार महासंघ तनहुँको धर्ना

Devghat Online

शेयर गरौ

तनहुँ । मंसिर ९

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्न र नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर्न माग गर्दै नेपाल पत्रकार महासंघ तनहुँ शाखाले जिल्ला प्रशासन कार्यालय तनहुँमा धर्ना कार्यक्रम गरेको छ ।

‘प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर’, ‘नेपाल पत्रकार महासंघका मागहरू तत्काल पूरा गर’ र ‘पत्रकारलाई सामूहिक गिरफ्तार गर’ लगायतका नारासहित पत्रकारहरूले प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

धर्नापछि आयोजित कार्यक्रममा नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष डिपी अधिकारीले वर्तमान सरकार सञ्चारमाध्यमप्रति अनुदार बन्दै गएको आरोप लगाए । उनले सञ्चारमाध्यममै पुगेर पत्रकारमाथि धरपकड गरिए पनि दोषीलाई कारबाही हुन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरे ।

अध्यक्ष अधिकारीले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको रक्षा गर्नु लोकतान्त्रिक व्यवस्थाको महत्वपूर्ण आधार भएको उल्लेख गर्दै पत्रकारमाथि हुने धरपकड र दमन रोक्न तथा महासंघले अघि सारेका मागहरू तत्काल सम्बोधन गर्न सरकारसँग माग गरे ।
पत्रकार महासंघले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षाको प्रत्याभूति गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै धर्ना कार्यक्रम गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट गाउँपालिकाका नौ माविमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

देवघाट । मंसिर ९ देवघाट गाउँपालिका अन्तर्गतका नौवटा सामुदायिक माध्यमिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त

धार्मिक अनुष्ठान र दीप प्रज्वलनसहित देवघाटमा गण्डकी पूजन एवं देवदीपावली

देवघाट । मंसिर ९ पवित्र तीर्थस्थल देवघाटधाममा मंगलबार साँझ विशेष धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ