बन्दीपुर गाउँपालिकाको वडा नं १ मा पनि सुरु भयो योजनाको सम्झौता

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज २२

तनहुँको बन्दीपुर गाउँपालिकाले वडाबाटै योजना सम्झौता गरिरहेको छ । गाउँपालिकाले प्रत्येक वडा कार्यालयबाटै योजना सम्झौता गर्ने योजना अनुसार वडा नं। ६ पछि आइतबार गाउँपालिकाको वडा नं १ मा पनि योजना सम्झौता शुरु गरेको हो ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापा, उपाध्यक्ष पञ्चमायाँ गूरुङ, प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमाल वडा मा पुगी स्थानिय उपभोक्ता समितिका पदाधिकारीहरुलाइ अभिमुखीकरण समेत प्रदान गरी योजनाको सम्झौता लगायत भुक्तानीको लाागी गरिने पक्रिया समेत वडाबाटै गर्न सुरु गरेको गाउँपालिकाका प्रवक्ता एवं वडा नं। १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

गाउँपालिकाका अध्यक्ष थापाले स साना योजनाहरु सम्झौता गर्न जाँदो दुख पाउने र दिन बित्ने भएकोले जनतालाई सहज होस भनेर वडा कार्यालय बाटै सेवा दिइएको बताए ।

उनले भने, ‘योजना सम्झौमा गर्न गएको बेला योजनाका कर्मचारी नभएको दिन जनता पुगे भने दुख मात्रै पाउने भन्दै साना योजना सम्झौतामा जनतालाई सहज होस भनेर वडाबाटै सेवा दिन थालिएको हो ।’ बाँकी रहेका वडाहरुमा पनि तत्काल योजना सम्झौता अघि बढाईने पालिकाले जनाएको छ ।

सम्झौता कार्यक्रममा योजना सञ्चालन देखी अनुगमन र भुक्तानीको प्रक्रियाका बारेका जानकारी गराउनुका साथै योजनाको भुक्तानीको प्रक्रियाको बारेमा समेत जानकारी गराइएको छ । पालिकाले योजनाको काम सम्पन्न भइसकेपछि भूक्तानीको पक्रिया समेत वडाबाटै गर्ने गरी तयारी गरिरहेको प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले बताए।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो

देवघाटका मिर्गौला पीडित भुजेलको उपचारका लागि स्वदेश तथा विदेशबाट सहयोग जुट्दै

देवघाट । साउन ३१ आर्थिक अभावका कारण उपचारमा कठिनाइ भोगिरहेका तनहुँको देवघाट गाउँपालिका–५ जलदेवी टोल

देवघाटको गलेश्वर आश्रममा नेपालकै पहिलो लक्षचण्डी विराट् महायज्ञ आयोजना हुने

तनहुँ । साउन ३० पवित्र तीर्थस्थल देवघाटधामस्थित गलेश्वर आश्रम स्थापनाको १०० वर्ष (शतवार्षिकी) पुगेको अवसरमा