एमाले नेतृ अधिकारी माओवादी केन्द्रमा प्रवेश

Devghat Online

शेयर गरौ

दमौली, कार्तिक १

नेकपा एमाले आबुँखैरेनीकी नेतृ मिना अधिकारी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेकी छिन् ।

नेकपा एमाले तनहुँ जिल्ला कमिटी सदस्य समेत रहेकी अधिकारी बुधबार मुस्ताङ जिल्लाको जोमसोममा प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको छलफल पश्चात एमाले परित्याग गर्ने निर्णय गरेकी थिईन् ।

अधिकारीलाई प्रधानमन्त्री दाहाल, माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल, गन्डकी प्रदेशकी अध्यक्ष गायत्री गुरुङ तथा आबुँखैरेनी गाउँ पालिकाका अध्यक्ष शुक्र चुमानले माओवादी केन्द्रमा स्वागत गरेका थिए ।

माओवादी केन्द्रममा प्रवेश गरेपछि अधिकारीले नेपालको कम्युनिष्ट आन्दोलनको यात्रामा बिभिन्न आरोह अबरोह खेप्दै समय र ऐन मौकामा पार्टिले निर्णय नगर्दा भोग्नु परेका पिडा को त कुनै मुल्य नै छैन भन्दै त्सयमा पनि माथिका नेता मिल्दा सबै कुरा ठिक र नेता नमिल्दा सबै बेठिक भन्ने पद्दति लाई चुनौति दिदै एउटा धारालाइ थाति राख्दै अर्को धारलाइ अँगाल्ने निर्णय लिएको बताएकी छिन् ।

यो बिशेष परिस्थितिमा आफ्नो निर्णयले नेकपा एमाले लाई पर्न गएको असर प्रति अधिकारीले क्षमा मागेकी छिन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले