बन्दीपुर गाउँपालिकाका सबै वडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सन्चालन हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, मंसिर २

बन्दिपुर गाउँपालिकाको आयोजनामा सवै वडाहरुमा स्त्री रोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।

सबै वडाका महिला दिदी बहिनीहरुको स्वास्थ्य उपचार गर्ने उद्देश्यले सो शिविर आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ६ को धरमपानी स्वास्थ्य चौकीमा मंसिर १० गते आइतवार, वडा नम्बर १ को पिप्ले आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर ११ गते सोमबार, वडा नम्बर २ को कुकुर्दी आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर १२ गते मंगलबार स्वास्थ्य शिविर हुने भएको छ ।

यसैगरि वडा नम्बर ३ को सुखौरा आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर १३ गते बुधबार, वडा नम्बर ४ को कल्चोक आधारभुत स्वास्थ्य सेवा केन्द्रमा मंसिर १४ गते बिहीबार र वडा नम्बर ४ को बन्दिपुर अस्पताल बन्दिपुरमा मंसिर १५ शुक्रबार शिविर हुने गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख अन्जिर भट्टराईले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर