बन्दीपुर अस्पतालमा आगामी शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने

Devghat Online

शेयर गरौ

बन्दिपुर, मंसिर १३

बन्दीपुर अस्पतालमा आगामी मंसिर १६ गते शनिबार निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर ४ बन्दीपुर स्थित बन्दीपुर अस्पतालमा दन्तरोग मुटु छातीरोग तथा अनुभवी बिशेषज्ञ चिकित्सकहरुबाट स्वास्थ्य शिविर सञ्चालन हुने भएको बन्दीपुर गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख अञ्जिर भट्टराईले बताए ।

शिविर १६ गते बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म सञ्चालन गर्ने जनाएको छ । शिविरमा औषधी समेत वितरण गर्ने गाउँपालिकाले जनाएको छ । गाउँपालिकामै निःशुल्क रुपमा विभिन्न किसिमका रोगको परीक्षण हुने भएका कारण स्वास्थ्यमा समस्या भएका सबै व्यक्तिले स्वास्थ्य परीक्षण गराउन गाउँपालिकाले स्थानीयलाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक