बस पल्टिदा २ यात्रुको मृत्यु, चालक सहित ३४ यात्रु घाईते

Devghat Online

शेयर गरौ

दमौली, मंसिर १३

बुधबार विहान अन्दाजी ५ः४५ बजेको समयमा ब्यास नगरपालिका वडा नम्बर १२ घाँसीकुवा स्थित पृथ्वी राजमार्ग सडक खण्डमा मुग्लिन तर्फबाट पोखरा तर्फ जान आउदै गरेको ग १ ख ७८९५ नम्बरको बस पल्टिँदा २ जनाको मृत्यु भएको छ । बस अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खस्न गई दुर्घटना हुँदा बसमा सवार यात्रुहरु मध्ये चालक सहित निम्न ३६ जना घाईते भएका थिए ।

घाइतेहरुको तत्काल उद्धार गरी उपचारको लागी अस्पताल तर्फ पठाएकोमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका–९ का ४५ बर्षिय हस्त राई र ठेगाना नखुलेका अन्दाजी ५०÷५५ बर्षिय टोप बहादुर मगरको मृत्यु भएको थियो ।

घाइतेहरुको दमौली अस्पताल, मणिपाल अस्पताल र रत्नहरी अस्पताल दमौलीमा उपचार भयो । ८ जना घाइतेलाई थप उपचारको लागि मणिपाल अस्पताल पोखरा पठाईएको थियो । मणिपाल शिक्षण अस्पताल पोखरामा रिफर भएका घाईतेहरुमा बसका चालक जिल्ला प्युठान सरुमहारानी गापा–५ का २३ बर्षिय होमलाल पल्ली मगर, बसका सह–चालक कास्की पोखरा मनपा–१५ का ३० बर्षिय अजित परियार, धनकुटा सागुरीगढी गापा–९ बस्ने ३८ बर्षिय सन्तोष कुमार राई, सोही गापा–८ बस्ने ४८ बर्षिय जुनार सिंह राई, सोही ठाउँका ४४ बर्षिय तिर्थ बहादुर राई, ५० बर्षिय लक्षु राई, सोही गापा वडा नम्बर ७ का ४५ बर्षिय हरिशचन्द्र राई, पोखरा मनपा–३१ का ४१ बर्षिय भोज राज सुनार, सप्तरी जिल्ला महादेब गापा–६ का २५ बर्षिय शम्भु यादब रहेका छन् ।

प्रहरीका अनुसार दमौली अस्पतालमा उपचार गरिएको घाइतेहरुमा धनकुटा जिल्ला सागुरीगढी गापा–८ बस्ने २८ बर्षिय बिक्रम राई, सोही ठाउँका ४२ बर्षिय राम प्रसाद राई, ताप्लेजुङ जिल्ला याङबरक गापा–६ बस्ने २६ बर्षिय सचिन्द्र लिम्बु, सोही गाउँपालिका–९ का २८ बर्षिय बोगिन्द्र राई, सोही पालिका वडा नम्बर ७ का ४५ बर्षिय टिकाराज राई रहेका छन् ।

त्यसैगरि रत्नहरी मेमोरियल अस्पताल दमौलीमा उपचार भएका घाईतेहरुमा धनकुटा साबरी गापा–७ का ३० बर्षिय हमाल प्रसाद राई, सोही ठाउँका २९ बर्षिय सन्दिप राई, सोही ठाउँका ३५ बर्षिय लखमन राई, ४५ बर्षिय सबिन राई, सोही ठाउँ वडा नम्बर ३ का ३६ बर्षिय नरेन्द्र न्यौपाने, सोही ठाउँका २९ बर्षिय बिजय राई, ४१ बर्षिय मनिराज राई रहेका छन् । त्यस्तै मोरङ बिराटनगर मनपा–४ का २६ बर्षिय आशिष शर्मा, सप्तरी महादेब गापा–६ का २३ बर्षिय बिजय यादब, सोही ठाउँका १४ बर्षिय सुमन यादब, ४९ बर्षिय आश राई, ४६ बर्षिय तिर्थ राई, ४८ बर्षिय उदेश राई, ४२ बर्षिय सिताराम राई, ५२ बर्षिय शत्रुधन राई, २१ बर्षिय किरण राई रहेका छन् । यसैगरि धनकुटा चौबिसे गापा–७ का २४ बर्षिय सांसद लिम्बु, धनकुटा सागुरीगढी गापा–९ का ४१ बर्षिय प्रशान्त राई, सोही ठाउँका ४७ बर्षिय जय कुमार राई रहेका छन् । घाइते मध्ये सप्तरी महादेब गापा–६ बस्ने १५ बर्षिया प्रिती यादब भने डिस्चार्ज भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू