रास्वपाको उपसभापतीमा डा. स्वर्णिम वाग्ले

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १३

राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद डा. स्वर्णिम वाग्लेलाई उपसभापति बनाएको छ । महोत्तरीको जलेश्वरमा सम्पन्न केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठकले डा. वाग्लेलाई पार्टीको उपसभापतिमा मनोनीत गरेको हो ।

रास्वपाको विधानमा दुई जना उपसभापति रहने व्यवस्था छ । पार्टी गठनदेखि हालसम्म डोलप्रसाद अर्यालमात्र उपसभापति छन् । अर्को उपसभापतिमा अर्थविद् समेत रहेका वाग्ले मनोनित गरिएको हो ।

पार्टीको विधान अनुसार उपसभापतिको कार्यमा सभापतिलाई आवश्यक सहयोग गर्ने, सभापतिले प्रत्यायोजन गरेको कार्य गर्ने, केन्द्रीय समिति र कार्यसम्पादन समितिले तोकेको कार्य गर्ने छ । सभापति अनुपस्थित रहेको बैठक दुई उपसभापति मध्ये जेष्ठ वा सभापतिले तोकेकाले सभापतिको भूमिका निर्वाह गर्ने विधानको व्यवस्था छ । गत चैतमा कांग्रेसबाट रास्वपा प्रवेश गरेका वाग्लेले गत वैशाखको उप चुनावमा तनहुँ–१ बाट जितेका थिए ।

तीन दिनसम्म बसेको बैठकले पार्टीको केन्द्रीय समिति ६० सदस्यीय पु¥याएको छ । बैठकले सांसद समेत रहेकी नेतृ सुमना श्रेष्ठ र विपिन आचार्यलाई सहमहामन्त्री चयन गरेको छ । यस्तै कोषाध्यक्षमा लिमा अधिकारी र सहकोषाध्यक्षमा दिपक बोहरा चुनिएका छन् । सहप्रवक्तामा मनिष झा, प्रतिभा रावल र रमेश प्रसाईंलाई जिम्मेवारी दिइएको छ ।

पार्टीमा सबै सांसदहरुलाई केन्द्रीय सदस्य बनाइएको छ । यस्तै पाँच केन्द्रीय सदस्य थप भएका छन् । थपिएकाहरुमा अनिल केशरी शाह, राजन गौतम, नन्दन यादव, पुकार बम र कामिनी चौधरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक