सांसद श्रेष्ठद्वारा देवघाटका अपाङ्गता भएका युवालाई ह्विल चेयर प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १३

बारा क्षेत्र नम्बर ४ का सांसद तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले देवघाट गाउँपालिका–१ कोटाका २० बर्षिय अपाङ्गता भएका एक युवालाई ह्विल चेयर उपलब्ध गराएका छन् । सांसद श्रेष्ठले कोटाका तुलबहादुर गुरुङ्गका छोरालाई ह्विलचेयर उपलब्ध गराएका हुन् ।

ह्विल चेयरको अभावमा आवत जावत गर्न समस्या परेको सांसद श्रेष्ठलाई जानकारी गराएपछि सांसद श्रेष्ठले काठमाडौंमा गुणस्तरको ह्विलचेयर खरिद गरि पठाएका थिए ।

पाँच वर्ष अघि एसइई दिएपछि खोलामा पौडी खेल्न जाने क्रममा घाँटीको हड्डी भाँचिएर ति युवा अपाङ्गता भएका थिए । उनलाई यस अघि नै ह्विलचेयर उपलब्ध भएपनि उनको शारीरिक अवस्थाले उक्त ह्विलचेयर प्रयोग गर्न नसकेको हुँदा सांसद श्रेष्ठ समक्ष गुणस्तरको ह्विलचेयर उपलब्ध गराउन गुरुङ्गले अनुरोध गरेका थिए ।

सांसद श्रेष्ठले ति युवाको अवस्थाको बारेमा जानकारी भएपछि ह्विलचेयर खरिद गरेर पठाएको बताए । सांसद श्रेष्ठले आफु जहाँ भएपनि तनहुँको विकास र तनहुँका जनताको समस्या समाधान गर्न लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक