सांसद श्रेष्ठद्वारा देवघाटका अपाङ्गता भएका युवालाई ह्विल चेयर प्रदान

Devghat Online

शेयर गरौ

देवघाट, मंसिर १३

बारा क्षेत्र नम्बर ४ का सांसद तथा पुर्वमन्त्री कृष्णकुमार श्रेष्ठ किसानले देवघाट गाउँपालिका–१ कोटाका २० बर्षिय अपाङ्गता भएका एक युवालाई ह्विल चेयर उपलब्ध गराएका छन् । सांसद श्रेष्ठले कोटाका तुलबहादुर गुरुङ्गका छोरालाई ह्विलचेयर उपलब्ध गराएका हुन् ।

ह्विल चेयरको अभावमा आवत जावत गर्न समस्या परेको सांसद श्रेष्ठलाई जानकारी गराएपछि सांसद श्रेष्ठले काठमाडौंमा गुणस्तरको ह्विलचेयर खरिद गरि पठाएका थिए ।

पाँच वर्ष अघि एसइई दिएपछि खोलामा पौडी खेल्न जाने क्रममा घाँटीको हड्डी भाँचिएर ति युवा अपाङ्गता भएका थिए । उनलाई यस अघि नै ह्विलचेयर उपलब्ध भएपनि उनको शारीरिक अवस्थाले उक्त ह्विलचेयर प्रयोग गर्न नसकेको हुँदा सांसद श्रेष्ठ समक्ष गुणस्तरको ह्विलचेयर उपलब्ध गराउन गुरुङ्गले अनुरोध गरेका थिए ।

सांसद श्रेष्ठले ति युवाको अवस्थाको बारेमा जानकारी भएपछि ह्विलचेयर खरिद गरेर पठाएको बताए । सांसद श्रेष्ठले आफु जहाँ भएपनि तनहुँको विकास र तनहुँका जनताको समस्या समाधान गर्न लागि पर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक