बन्दीपुरमा भूमिहिनलाई जग्गा दिन जग्गाको नाप नक्सा कार्य सुरु

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज २०

बन्दीपुर गाउँपालिकाले भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी तथा अब्यबस्थित बसोबासीहरुको पहिचान, लगत संकलन पछि जग्गा वितरणका लागि स्थलगत रुपमा नापनक्साको काम सुरु गरेको छ ।

बन्दीपुर गाउँपालिका वडा नम्बर १ को आयोजनामा मंगलबार गाउँपालिकाका भुमिहिन, दलित, भुमिहिन सुकुम्बासी र अब्यवस्थित बसोबास अन्तर्गतका जग्गाहरुको नापनक्साको काम सुरु गरेको हो । गाउँपालिकाको वडा नम्बर १ नाहाला स्थित भैँसीगोठबाट स्थलगत नापनक्साको काम सुरु गरेको हो।

राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष रामचन्द्र अधिकारीले एक कार्यक्रमका बिच ब्यानर पढेर जग्गा नापी कार्यक्रमको उद्घाटन गरेका थिए । कार्यक्रम बोल्दै कार्यक्रमका प्रमुख अतिथि एवं राष्ट्रिय भूमि आयोग जिल्ला समिति तनहुँका अध्यक्ष अधिकारीले सबैको साथ सहयोग भएमा चाँडै नै गाउँपालिका भित्रका ६ वटै वडाका भूमिहीन तथा अव्यस्थित बसोबासिलाई जग्गाधनि पुर्जा वितरण गरिने बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवेशराज हमालले स्थलगत रुपमा नापनक्साको काममा सबै जनता मिलेर सहयोग गरे छिट्टै नै काम सकिने भएकोले सबै मिलेर सहयोग गर्न आग्रह गरेका थिए । गाउँपालिकाले राष्ट्रिय भूमि आयोग तनहुँसँग समन्वय गरेर काम सुरु गर्न सफल भएको र अब थप नापी सम्बन्धिको कार्यमा सहयोग गर्न सबैलाई अनुरोध गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले