नवराज विक हत्या प्रकरणमा २३ जनालाई जन्मकैद

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १९

रुकुम पश्चिम जिल्ला अदालतले साढे ३ वर्षअघि चौरजहारी नगरपालिका सोती गाउँमा भएको नवराज विकसहित ६ जनाको हत्या प्रकरणमा २३ जनालाई जन्मकैदको सजाय सुनाएको छ ।

न्यायाधीश खडकबहादुर केसीको इजलासले हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई जन्मकैदको सजाय सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए । दोषी ठहर हुनेमा चौरजहारी नगरपालिका–८ का तत्कालिन वडाध्यक्ष डम्बरबहादुर मल्ल लगायत छन् ।

यसअघि नै धरौटीमा छुटेका ११ मध्ये ८ जनाले भने सफाइ पाएका छन् । साढे तीन वर्षअघि नवराज विकसहित ६ जनाको ज्यान जाने गरी भएको घटनामा जिल्ला सरकारी वकिल कार्यालयले २ नाबालकसहित ३४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो । तीमध्ये केही व्यक्ति फरार छन् ।

नवराज विककी प्रेमिकाकी बाबु र आमालाई जातीय छुवाछुतको अभियोगमा २र२ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला भएको छ ।

उनीहरुमाथि ६ जनाको ज्यान मारेको, अरु १२ जना घाइतेहरुको ज्यान मार्ने प्रयास गरेको र जातीय छुवाछुत गरेको आरोप थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

पुष्पलाल स्मृति दिवसमा एमाले व्यास नगरले रक्तदान कार्यक्रम गर्ने

दमौली, साउन ४ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको स्मृति दिवसको अवसरमा नेकपा एमाले

तनहुँ जिल्ला अदालतद्वारा ७३ प्रतिशत मुद्धा फछर्याैट, २७६६ मध्ये २०२८ फछ्यौैट भई ७३८ मुद्धा बाँकी

दमौली, साउन ४ तनहुँ जिल्ला अदालतले आर्थिक वर्ष २०८०÷०८१ मा ७३.३१ प्रतिशत मुद्धा फछर्याैट गरेको