म्याग्दे गाउँपालिकाले समुदाय स्तरमा मृगौला परिक्षण गर्ने

Devghat Online

शेयर गरौ

दमौली, माघ ७

तनहुँको म्याग्दे गाउँपालिकाले समुदाय स्तरमा नागरिकको मृगौला परिक्षण गर्ने भएको छ । म्याग्दे गाउँपालिका भित्र बसोबास गर्ने नागरिकहरुलाई मृगौला सम्बन्धी सचेतना जगाउने र नागरिकको मृगौलाको परिक्षण गर्ने उद्देश्यले सुर्य नेपाल प्रालि र हेल्थ केयर फाउन्डेशन नेपालसँगको साझेदारीमा मृगौला परिक्षण शिविर आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद अधिकारीले बताए ।

शिविर वडा नम्बर १ मा माघ १६ गते वडा कार्यालय र माघ १७ गते टाक्राङ सामुदायिक भवनमा, वडा नम्बर २ मा माघ १६ र १७ गते जामुने स्वास्थ्य चौकीमा वडा नम्बर ३ मा माघ २१ गते वडा कार्यालय र २२ गते रविचन्द्र प्रावि किल्चोकमा, वडा नम्बर ४ मा माघ १८ गते गणेश मावि र माघ १९ गते वडा कार्यालयमा, वडा नम्बर ५ मा माघ २३ गते वडा कार्यालय र छाङपाटन आधारभुत स्वास्थ्य केन्द्रमा, वडा नम्बर ६ मा माघ २१ गते विहान ८ बजे गाउँस्वारा सामुदायिक भवन र दिउँसो ११ गते वडा कार्यालयमा र माघ २२ गते मनपाङ स्वास्थ्य चौकी भवनमा र वडा नम्बर ७ मा माघ १८ गते समिधारा आधारभुत स्वास्थ्य केन्द्र र माघ १९ गते वडा कार्यालय भवनमा हुने गाउँपालिकाले जनाएको छ ।

उक्त शिविरमा ६ वर्षदेखी माथिका सम्पुर्ण नागरिकहरुले मृगौला परिक्षण गराई लाभ लिनुहुन प्रमुख प्रशासकीय अधिकृत अधिकारीले अनुरोध गरेका छन् । शिविर हरेक दिन विहान १० बजेबाट सरु भई बेलुकी ४.३० बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विपदमा साथ, पुनर्निर्माणमा हातः मेगाटेक हाइड्रोद्वारा ५ लाख ५५ हजार सहयोग

तनहुँ । भदौ ११ प्राकृतिक विपद्का कारण प्रभावित नागरिकको उद्धार, राहत तथा पुनस्र्थापनामा सहयोग पु¥याउने

घिरिङ गाउँपालिकामा स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा कार्यक्रम सम्पन्न

तनहुँ । भदौ १० घिरिङ गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य क्षेत्रको वार्षिक समीक्षा

लिसन सिंहदरबार तनहुँः रास्वपाले उठायो विकासको मुद्दा, शंकर भण्डारीले खोजे राजा, आशाले दिइन् बालेनलाई सुझाव

तनहुँ । भदौ ५ नेपाल लिडको ‘लिसन सिंहदरबार’ दमौली आइपुग्दा उठेको प्रश्न ठाडो थियो ।