मेरो खातामा एक करोड ८० लाख जम्मा भएको छैन- रवि लामिछाने

शेयर गरौ

काठमाडौँ, माघ ८-

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने आफ्नो खातामा एक करोड ८० लाख जम्मा नभएको बताएका छन् ।

सोमबार पत्रकार सम्मेलन गरेर सभापति लामिछानेले आफुले ग्यालेक्सी टेलिभिजन छोड्दा आफ्नो खातामा जम्मा गरेको भनिएको रकम आफ्नो खातामा नआएको दाबी गरेका छन् ।कान्तिपुर दैनिकले सोमबारको अंकमा लामिछानेले ग्यालेक्सी टेलिभिजन छोड्दा शेयर बापतको एक करोड ८० लाख रकम उनको खातामा जम्मा गरेको स्लीपसहित प्रकाशित गरेको थियो ।

लामिछानेले आफ्नो खातामा सो रकम जम्मा नभएको बताउदै अब कानुनी रुपमा मैले के गर्ने भन्ने प्रश्न गरेका छन् ।आफ्नो खातामा जम्मा नभएको रकम जम्मा भएको भन्दै समाचार प्रकाशित गरिएको गुनासो गरेका छन् । उनले लगातार आफ्नो चरित्र हत्या गर्न समाचार प्रकाशित गरिरहेको आरोप समेत लगाए ।

सभापति लामिछानेले ग्यालेक्सी टेलिभिजनको बोर्डमा कुनै पनि निर्णयहरुमा सहकारीबाट पैसा लिएको उल्लेख नभएको बताए । उनले बोर्डका निर्णयको प्रतिलिपि आफुसँग रहेको र आफुले सो देखाउन तयार रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा टाटा सुमो दुर्घटना हुँदा चालकसहित १२ जना घाइते

तनहुँ । साउन १२ शुक्लागण्डकी नगरपालिका–१२ सिम्लेस्थित भित्री सडक खण्डमा मंगलबार यात्रुबाहक टाटा सुमो दुर्घटना

निरन्तर पहिरो झर्न थालेपछि मुग्लिन–नारायणगढ सडकमा राति ८ बजेदेखि बिहान ५ बजेसम्म सवारी साधन सञ्चालनमा रोक

चितवन । साउन १२ मुग्लिन–नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढतर्फ सुक्खा पहिरो खसेर