देवघाट, माघ ८
नेपाल प्रहरी श्रीमती संघको आयोजना तथा चितवन मेडिकल कलेजको प्राविधिक सहयोगमा मंगलबार देवघाट गाउँपालिका–५ स्थित धर्मार्थ अस्पतालमा निशुल्क स्वास्थ्य परिक्षण शिविर हुने भएको छ ।
सो शिविरमा नाक, कान, घाँटी, आँखा, मुटु, दम, दन्त, स्त्रीरोग, इसिजि, युएसजी, थेरापी तथा हाडजोर्नी सम्बन्धी निशुल्क स्वास्थ्य परिक्षण हुने नेपाल प्रहरी श्रीमती संघले जनाएको छ । सो शिविरमा सहभागी भई लाभ लिनु हुन सम्पुर्ण देवघाटबासीहरुलाई संघले अनुरोध गरेको छ ।
यसैगरि सोही अवसरमा नेपाल प्रहरी श्रीमती संघले देवघाटको बृद्धआश्रममा न्यानो कपडा र फलफुल समेत वितरण गर्ने कार्यक्रम रहेको छ ।