घिरिङका विभिन्न योजनाहरुको अनुगमन

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

घिरिङ गाउँपालिकाको आर्थिक वर्ष २०८०।०८१ विनियोजित बजेटबाट सन्चालित विभिन्न योजनाहरूको अनुगमन गरिएको छ ।

गाउँपालिकाका उपाध्यक्ष राधादेवी अधिकारी र प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल नेतृत्वको टोलीले बुधबार वडा नम्बर ४ का विभिन्न योजनाहरुको स्थलगत अनुमगन गरेका हुन् ।
सो क्रममा वडा नम्बर ४ का कल्याण आधारभुत विधालय करूवाटार, कालीशंखर मोटर मार्ग करूवाटार, करूवाटारबाट बटौलीटार जाने कच्ची सडक र सेन्चुरी कुवा नयाँटारको अनुगमन गरिएको थियो ।

सो अनुगमनमा गाउँपालिका उपाध्यक्ष राधादेवि अधिकारी, प्रमुख प्रशासकीय अधिकृत विष्णु प्रसाद पोखरेल, वडा नम्बर ४ का वडा अध्यक्ष भिमबहादुर कुमाल, वडा सदस्य प्रेम रानाभाट, गाउँपालिकाका इन्जिनियर माधव प्रसाद घिमिरे, सव इन्जिनियर विदुर मरहट्टा, वडाका प्रविधिक गणेश विक, प्रविन श्रेष्ठ लगायत थिए ।

अनुगमन पश्चात उपाध्यक्ष अधिकारी र प्रमुख प्रशासकीय अधिकृत पोखरेलले कुनै पनि योजनाहरु गुणस्तरीय रुपमा सम्पन्न गर्नु पर्नेमा जोड दिएका थिए ।

तश्विरहरुः समर रानाभाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल