तनहुँ उद्योग वाणिज्य संघका सबै पदमा सर्वसम्मत

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

तनहुँ उद्योग वाणिज्य संघका सबै पदहरुमा सर्वसम्मत भएको छ । धेरै वर्षपछि तनहुँ उद्योग वाणिज्य संघको नेतृत्व सर्वसम्मत रुपमा चयन गरिएको हो ।

संघको ३८ औं साधारणसभा तथा १७ औं महाधिवेशनबाट अध्यक्ष लगायत सम्पुर्ण पदहरुमा सर्वसम्मत चयन गरिएको हो । संघको अध्यक्षमा बैकुण्ठ मिश्र, बरिष्ठ उपाध्यक्षमा इमकुमार मल्ल, प्रथम उपाध्यक्षमा कुमार मल्ल, द्वित्तिय उपाध्यक्षमा दिनेशकुमार श्रेष्ठ र कोषाध्यक्षमा भिमलाल श्रेष्ठ चयन भएका छन् । त्यस्तै बस्तुगत सदस्य तर्फ सुवर्णकुमार श्रेष्ठ पनि सर्वसम्मत रुपमा चयन भएका छन् ।

संघका ७ वटा बजार इकाईमा पनि यसपटक सर्वसम्मत रुपमा नेतृत्व चयन गरिएको थियो । संघ अन्तर्गत दमौली बजार इकाई सहित, आबुँखैरेनी, बन्दिपुर, सत्रसय, विमलनगर, डुम्रे र थर्पु बजार इकाई रहेका छन् भने महिला उद्यमी विकास समिति पनि रहेको छ । ति सबै बजार इकाई र महिला समितिमा पनि सबै पदहरु तथा जिल्ला प्रतिनिधिमा पनि सर्वसम्मत रुपमा निर्वाचित गरिएको थियो ।

यस अघि बजार इकाईको रुपमा रहेका भन्सार र तुरतुरे भानु नगर उद्योग वाणिज्य संघ, खैरेनी र दुलेगौंडा शुक्लागन्डकी नगर उद्योग बणिज्य संघ र भिमाद नगर उद्योग वाणिज्य संघ बनेपछि तनहुँ उद्योग वाणिज्य संघको कार्यक्षेत्र र सदस्यता खुम्चिएको छ । संघमा पनि विगतमा जस्तो आकर्षण यस पटक देखिएन ।

संघले पहिलो पटक विधानमा बरिष्ठ उपाध्यक्षको व्यवस्था गरेको थियो । अघिल्लो कार्यकालमा अध्यक्षमा पराजित बैकुण्ठ मिश्रलाई अध्यक्ष बनाउने र हालका प्रथम उपाध्यक्ष इमकुमार मल्ललाई माथिल्लो पदमा व्यवस्थापन गर्ने रणनीति अनुसार विधानमा बरिष्ठ उपाध्यक्षको व्यवस्था गरिएको संघका एक पदाधिकारीले बताए । संघको महासचिवमा हालका महासचिव सुवोध अधिकारी र प्रथम उपाध्यक्षबाट उम्मेदबारी फिर्ता लिएका शुरेश पुरीको नाम चर्चामा छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू