चिसो छल्न मुस्ताङका विद्यार्थी तनहुँ झरेर पढ्दै

Devghat Online

शेयर गरौ

दमौली, माघ १०

मुस्ताङमा अत्यधिक चिसो बढेपछि लोघेकर दामोदरकुण्ड गाउँपालिकाको एक विद्यालयका विद्यार्थी तनहुँ आएर अध्ययन गरिरहेका छन् । उक्त गाउँपालिकास्थित जनज्योति आधारभूत विद्यालयका विद्यार्थी चिसो छल्न तनहुँ आएर अध्ययन गरिरहेका हुन् ।

शुक्लागण्डकी नगरपालिका–८ स्थित तिब्बतीयन क्याम्पमा उक्त विद्यालयका विद्यार्थीलाई अध्ययनको व्यवस्था मिलाइएको हो । गाउँपालिकाकै संयोजनमा विगत केही वर्षदेखि अत्यधिक चिसो हुने समयमा विद्यार्थीलाई यहाँ ल्याएर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ ।

कक्षा–८ मा अध्ययनरत छिरिङ पाल्तेनले चिसोका कारण मुस्ताङमा पठनपाठनमा समस्या हुने गरेको बताए। मुस्ताङमा अत्यधिक चिसो हुने र चिसोका समयमा हातका औँला कठ्याङ्ग्रिने भएकाले लेख्न पनि समस्या हुँदै आएको बताउँदै उनले तिब्बतीयन क्याम्पको घुम्ती विद्यालयमा पठनपाठन गर्न सहज भएको बताए ।

चिसोको तीन महिना विद्यार्थीलाई तनहुँ ल्याएर अध्ययन गराउने व्यवस्था मिलाइएको शिक्षक रोशन गुरुङले जानकारी दिए ।

विद्यार्थीलाई पढाईसँगै योगसमेत सिकाइएको छ । प्रत्येक बिहान एक घण्टा योग अभ्यास गराउन थालिएको छ । उक्त गाउँपालिकामा फागुनदेखि चैत मसान्तसम्म बिदा हुने र वैशाखदेखि पुनःविद्यार्थी आ–आफ्नो विद्यालयमा नै अध्ययन गर्छन् । विद्यार्थीलाई पढाउन शिक्षकहरु पनि मुस्ताङबाट नै आएका छन् । लोकान्तर डटकमबाट

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नीजि विद्यालयलाई शुल्क र छात्रबृत्ति मापदण्ड पालन गर्न बन्दीपुरको निर्देशन

तनहुँ । बैशाख ९ बन्दीपुर गाउँपालिकाले संस्थागत विद्यालयलाई शुल्क र छात्रवृत्ति मापदण्ड कडाईका साथ पालना

सरकारी विज्ञापन सरकारी सन्चारमाध्यमलाई मात्र दिने निर्णय विरुद्ध पत्रकार महासंघको आन्दोलन

काठमाडौं । बैशाख ९ तीन तहकै सरकारी विज्ञापन सरकारी सञ्चारमाध्यमलाई मात्र दिने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को