तनहुँका पदम राष्ट्रिय सभा सदस्यमा बिजयी

Devghat Online

शेयर गरौ

पोखरा, माघ ११

तनहुँका पदम परियार राष्ट्रिय सभा सदस्यमा बिजयी भएका छन् । सत्ता गठबन्धनको तर्फबाट उम्मेदबार बनेका नेपाली काँग्रेसका परियारले विहिबार पोखरामा भएको निर्वाचनमा प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदबार हेमन्द्र शेरचनललाई पराजित गरेका थिए ।

परियारले ३ हजार ७ सय ७४ मत प्राप्त गर्दा एमालेका शेरचनले २ हजार ४ सय ५८ मतभार पाएका थिए । सत्ता गठबन्धनको तर्फबाट गन्डकी प्रदेशको अपाङ्गता क्लष्टरबाट उम्मेदबारको टिकट पाएपछि उनको जित सहज भएको थियो ।

व्यास नपा–१ निवासी परियार हालका राष्ट्रिय सभाका सदस्य प्रकाश पन्थको रिक्त भएको कोटामा उम्मेदबार बनेका थिए । पदम अपाङ्गता अधिकारको क्षेत्रमा लामो समयदेखी क्रियाशिल छन् । उनी अपाङ्गता भएका व्यक्तिहरुको अधिकार र विकासकोलागि श्रोत केन्द्र रिसेडको अध्यक्ष समेत हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले