तनहुँको विकासमा पुर्व मन्त्री श्रेष्ठको चासो, बागेश्वरी मार्गको लागि बजेट बिनियोजनको लागि पहल

Devghat Online

शेयर गरौ

दमौली, माघ १२

पुर्व मन्त्री तथा बारा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले ब्यास नगरपालिकाको घाँसिकुवादेखी मुलपानी हुँदै भानु नगरपालिकाको मान्द्रे, पड्के पसल जाने बागेश्वरी मार्गको स्तरोन्नतिको लागि बजेट बिनियोजनको लागि पहल गरेका छन् ।

सांसद श्रेष्ठको पहलमा बागेश्वरी मार्ग स्तरोन्नतिको लागि अर्थ मन्त्रालयले थप ३ करोड रुपैयाँ बजेट सुनिश्चित गरेको सांसद श्रेष्ठका स्वकिय सचिव जगत खड्काले जानकारी दिए । उक्त सडकको लागि ४ करोडको माग भएकोमा भौतिक पुर्वाधार मन्त्रालयले चालू आर्थिक वर्षमा १ करोड मात्रै बिनियोजन गरेको थियो ।

तर सांसद श्रेष्ठले सो सडकलाई ४ करोड नै बजेट उपलब्ध गराउन अर्थमन्त्री डा.प्रकाशशरण महत र भौतिक पुर्वाधार मन्त्री प्रकाश ज्वालासँग अनुरोध गरेका थिए । सांसद श्रेष्ठको पहल पछि अर्थ मन्त्रालयले सो सडकलाई चार करोडकै बजेट सुनिश्चितता गरेको स्वकिय सचिव खड्काले बताए ।

तनहुँ क्षेत्र नम्बर १ का पुर्व सांसद समेत रहेका श्रेष्ठले अहिले विशेष परिरस्थितिले तनहुँ छाडेर बाराबाट सांसद निर्वाचित भएपनि तनहुँका जनता प्रतिको जिम्मेवारी र दायित्व बाट पर बस्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्