एकदेव आलेको स्मृति दिवस तथा प्रतिष्ठानको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, माघ १२

एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान द्वारा आयोजित क्रान्ति योद्धा कमरेड एकदेव आलेको ५५ अ‌ाैँ स्मृति दिवस तथा प्रतिष्ठानको एघारौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

व्यास नपा- ३ मा अवस्थित एकदेव आलेको स्मारकमा माल्यार्पण गरि प्रारम्भ भई प्रतिष्ठानको केन्द्रीय कार्यालय भवनको सभाकक्षमा कार्यक्रम गरिएको थियोे । कार्यक्रममा प्रतिष्ठानको सँस्थागत विकासमा महत्त्वपूर्ण योगदान गर्नुहुने वन्दिपुर १ निवासी गोविन्द प्रसाद अधिकारी, म्याग्दे ३ निवासी लक्ष्मण अधिकारी र व्यास ३ निवासी पुर्ण प्रसाद श्रेष्ठलाई सम्मान गरिएको थियोे । साथै भिमाद नप- ५ निवासी किसन शर्मा ( बालकृष्ण गैह्रे ) लाई आजिवन सदस्यता प्रदान गरिएको थियोे ।

उक्त कार्यक्रममा प्रमुख अतिथि सँस्थाका संरक्षक एवं नेकपा एकीकृत समाजबादीका पोलिट्व्युरो सदस्य प्रतापलाल श्रेष्ठ , नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यद्वय किसन शर्मा र राजेन्द्र केसरी न्यौपाने, नेकपा (एमाले ) केन्द्रीय सल्लाहकार परिषद सदस्य एक वहादुर राना, नेपाली काङ्ग्रेस तनहुँका उपसभापति देव कुमार श्रेष्ठ, एमाले तनहुँका उपसचिव प्रदिप राज अधिकारी , सँस्थाका सल्लाहकार सँयोजक श्रीराम कार्की , आले परिवारका सदस्य एवम् सँस्थाका सल्लाहकार सदस्य मोहन सिँह आले, नेकपा ( मशाल ) का नेता एवम् सँस्थाका सल्लाहकार पुष्पलाल श्रेष्ठ , सल्लाहकार रामचन्द्र सापकोटा ,व्यास नगरपालिका वडा नम्बर ३ का वडा अध्यक्ष अनुप रानाले शुभकामना व्यक्त गर्दै एकदेव आलेको वारेमा चर्चा गरेका थिए ।

प्रतिष्ठानका अध्यक्ष बिष्णुभक्त सिग्देलको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा संस्थाका उपाध्यक्ष श्रीकुमार श्रेष्ठले स्वागत र महासचिव सृजना सिग्देलले सन्चालन गरेका थिए ।
उक्त साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन र प्रस्तावहरु साथै कोषाध्यक्ष गजेन्द्र पन्थ द्वारा प्रस्तुत आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको