युवा संघको अल्टिमेटम पछि दमौली बजारको फोहोर उठ्यो

Devghat Online

शेयर गरौ

दमौली, माघ १२

दमौली बजारको फोहोर २४ घन्टा भित्र नउठाए नगरपालिकाको कम्पाउन्ड भित्र उक्त फोहोर फाल्ने राष्ट्रिय युवा संघ व्यास नगर कमिटीको २४ घन्टे अल्टिमेटमपछि व्यास नगरपालिकाले शुक्रबार दिउँसो दमौली बजारमा संकलित नकुहिने फोहोर उठाएको छ ।

राष्ट्रिय युवा संघ व्यास नगर कमिटिले गत गत बुधबार नगरपालिकामा ज्ञापनपत्र बुझाउँदै २४ घन्टा भित्रमा बजार क्षेत्रको फोहोर व्यवस्थापन नभए बजारको फोहोर उठाएर नगरपालिकाको कम्पाउन्ड भित्र फाल्ने चेतावनी दिएको थियो ।

आफुहरुको अल्टिमेटम सकिएपछि संघका कार्यकर्ताले बजारमा संकलित फोहोर बोरामा उठाएर नगरपालिका परिसरमा लैजाने तयारी गरेको सुचना पाएपछि नगरपालिकाको तर्फबाट दिउँसो ३ बजेबाट बजारको फोहोर उठाउने प्रतिबद्धता जनाई नगरपालिकालाई सहयोग गर्न युवा संघलाई अनुरोध गरिएको थियो ।

राष्ट्रिय युवा संघ व्यास नगर कमिटिका अध्यक्ष अजित पन्थले फोहोर बोरामा उठाएर बोरा घिसार्दै जुलुस सहित नगरपालिका जाने तयारी गरिरहेको समयमा नगरपालिकाबाट फोन गरि ३ बजेबाट फोहोर व्यवस्थापन गर्ने प्रतिबद्धता आएको बताए । सोही प्रतिबद्धता अनुसार दिउँसो ३ बजेबाट दमौली बजारको फोहोर उठाईएको छ । नगरपालिकाको अनुरोध पछि शुक्रबारलाई घोषित कार्यक्रम स्थगित गरिएको भन्दै अध्यक्ष पन्थले नगरपालिकाले फोहोर मैलाको दिर्घकालिन व्यवस्थापन नगरे यस्तो समस्या पटक पटक आउने चेतावनी दिए ।

व्यास नगरपालिकाले अर्काे व्यवस्था नहुँदा सम्म नकुहिने फोहोर नउठाउने सुचना प्रकाशित गरि गत माघ २ गतेदेखी बजार क्षेत्रबाट नकुहिने फोहोर उठाउन छाडेको थियो । लामो समयसम्म फोहोर मैला घर भित्र व्यवस्थापन गर्न समस्या भएपछि सर्वसाधरणले घरबाहिर फोहोर निकाल्न थालेका थिए । जसले गर्दा बजार क्षेत्रमा दुर्घन्ध फैलन थियो भने फोहोरको थुप्रो बढ्दै जाँदा बजार नै कुरूप देखिन थालेको थियो ।

यहि परिवेशमा राष्ट्रिय युवा संघ व्यास नगर कमिटिले व्यास नगरपालिकालाई फोहोर व्यवस्थापनकोलागि २४ घन्टे अल्टिमेटम दिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि