विदेश लैजाने बहानामा लाखौ ठगेर शुक्लागण्डकीका मुकेश फरार

Devghat Online

शेयर गरौ

दमौली, माघ १२

तनहुँको शुक्लागण्डकी नगरपालिका–११ का मुकेश सापकोटा केही युवा युवतीलाई वैदेशिक रोजगारीको बहानामा ठगी गरेर फरार भएका छन् ।

हाल दुबईमा रहेको बताउने सापकोटाले झापाका निर्मल तामाङ्ग सहित १५ जना बढीबाट भण्डै ५० लाख ठगी गरेको पिडितहरुले बताएका छन् । तनहुँको शुक्लागण्डकी नगरपालिका–११ स्थायी ठेगाना भएका सापकोटा परिवार सहित नवलपरासीमा बस्ने भएता पनि उनको परिवार हाल भारतमा रहेको शुक्लागण्डकी नगरपालिका–११ वडा कार्यालयले जानकारी दिएको छ ।

२७ बर्षीय सापकोटाले विभिन्न देश लैजाने प्रलोभन देखाएर प्रतिव्यक्ति दुई लाख ५० हजार देखि १२ लाख सम्म असुल गरेको पिडित तामाङ्गले जानकारी दिए ।

उनीविरुद्ध ठगी आरोपमा जाहेरी परेपनि फरार रहदै आएको पाइएको छ । शुक्लागण्डकी नगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष शालिकराम भट्टराईले सापकोटाको ठगी धन्दा बारे वडामा समेत जानकारी भएको बताउदै उनी नेपालमै रहेको समेत जानकारी दिए ।

‘मान्छे त्यस्तै प्रकारको छ भन्ने थाहा भयो, केही दिन अघिसम्म यहीँ फिर्दीतिर देखिएको भन्ने समेत जानकारी पाएको थिएँ’ वडाध्यक्ष भट्टराईले भने । उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपनि पिडीत र प्रहरीबाट लुक्दै आएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

अपाङ्गता भएका व्यक्तिले उत्पादन गरेका सामग्री खरिद गर्न भिमाद नगरपालिकाको अपिल

तनहुँ । भदौ २ भिमाद नगरपालिकाले अपाङ्गता भएका व्यक्तिहरूले निर्माण तथा उत्पादन गरेका सामग्रीहरूलाई प्राथमिकताका

दुम्सीचौरको नारेश्वर तालमा भरियो पानीः पर्यटन र कृषिका लागि नयाँ सम्भावना

तनहुँ । भदौ १ व्यास नगरपालिका–१० दुम्सीचौरस्थित बहुउद्देश्यीय नारेश्वर तालमा पानी भर्न सुरु भएसँगै लामो