दमौली, माघ १२
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले ब्यास नगरपालिका अन्तरगत दमौली बजार क्षेत्रमा ब्यास नगरपालिकाको सहयोगमा पार्किङ व्यवस्थित गर्ने भएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँको सक्रियतामा बजार क्षेत्रलाई ब्यवस्थित, सफा र सुन्दर सहर बनाउन जथाभावी पार्कीङलाई ब्यबस्थित गरी तोकिएको स्थान बाहक अन्यत्र पार्कीङ गरिएका सवारी साधनहरूलाई कारबाही गरी सचेतना समेत फैलाउने अभियान चलाईएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख प्रहरी नायव निरीक्षक सन्तोष पौडेलले बताए ।
सम्पूर्ण नगरबासी, ब्यवसायी तथा विभिन्न स्थानबाट दमौली आउनुहुने महानुभावहरूलाई आफ्नो सवारी पार्कीङ गर्दा एक पटक पार्कीङ स्थान हेरी पार्कीङको लागि छुट्याएको स्थानमा मात्र सवारी पार्कीङ गर्न पौडेलले अनुरोध गरे ।
साथै कोहि कसैले नो पार्किङ क्षेत्रमा सवारी पार्कीङ गरेको देखेमा, बढी भाडा लिएमा, छतमा यात्रु राखेमा, सिट क्षमता भन्दा बढि यात्रु राखेमा, चालकले ठिक तरिकाले सवारी नचलाएमा, आरक्षण सिटको पालना नगरेमा र अन्य ट्राफिक नियम उलङघन गरेको देखेमा एक जिम्मेवार नागरिकको भुमिका निर्वाह गर्दै हटलाईन नम्बर १०३ वा ९८५६०९०७९९ मा सम्पर्क गरी जानकारी गरी दिन ट्राफिक प्रमुख पौडेलले अनुरोध गरे ।
दुर्घटना न्यूनिकरण तथा ट्राफिक नियम पालन गर्न गराउन आम नागरिकको साथ सहित सशक्त रूपमा प्रस्तुत पौडेलले बताए ।