नारायणगढको पोखरा बसपार्क क्षेत्रमा सरसफाइ

शेयर गरौ

चितवन, माघ १३

भरतपुर महानगरपालिका वडा नं १ को पोखरा बसपार्क क्षेत्रमा सरसफाइ गरिएको छ । गणेश मोती सम्भना टोल विकास संस्थाले पोखरा बसपार्कको मुख्य सडकमा शनिबार सरसफाइ गरेको हो । सरसफाई कार्यक्रमको उद्घाटन वडा नं १ का वडा अध्यक्ष केशव महर्जनले गरेका छन् । संस्थाका अध्यक्ष अमृतकुमार मास्केको अध्यक्षतामा भएको सरसफाइ कार्यक्रम पोखरा बसपार्कबाट सुरु भएर गणेश चोक, सम्झना चोक, जलमा हल रोड हुँदै मोती मार्गसम्म सरसफाइ गरिएको थियो । कार्यक्रममा १३० घर धुरी र तीनवटा टोलको उपस्थिति रहेको थियो ।

सरसफाइ कार्यक्रमको साथसाथै टोलले रचनात्मक कार्य गर्दै गयो भने वडाले पनि सहयोग गर्दै जाने अध्यक्ष महर्जनले बताए । गत असोज १५ गते संयुतmरुपमा नवगठित उक्तटोल विकास संस्थाको कार्य समितिलाई विधानअनुसार यही माघ ६ गते प्रथम अधिवेशन गरी नयाँ कार्यसमिति गठन भएको अध्यक्षअमृत मास्केले जानकारी दिए । उनकाअनुसार अध्यक्षमा अमृत मास्के,उपाध्यक्षमा कृष्णाकुमारी श्रेष्ठ, रसिक प्रधान, सचिवमा हरि तिमल्सना, कोषाध्यक्ष सम्झना प्रधान, सहसचिव कृष्णकुमार श्रेष्ठ, सदस्यहरु बालकृष्ण श्रेष्ठ, सुरेश प्रसाद चौधरी, रमन शाक्य, ज्योति श्रेष्ठ, टार्जन श्रेष्ठ, भवानीपिया, कमलापाण्डे, भरत गौतम, र किशोर न्यौपानेसहितकोकार्य समितिगठन भएको थियो । कार्यक्रमको समापनवडा सदस्यमनोज घिमिरेले गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको