खाल्डोमा खसेर प्रहरी सहायक हवल्दारको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, माघ १८

चितवनस्थित नारायणगढ मुग्लिन सडकखण्डमा पुल बनाउन खनेको खाल्डोमा खसेर रूपन्देही घर भएका ३३ वर्षीय प्रहरी सहायक हवल्दार रमेश रानाको मृत्यु भएको छ।

मोटरसाइकलमा सवार राना मंगलबार बेलुकी करिब ११ बजेतिर चितवनको भरतपुर महानगरपालिका वडा नम्बर २९ स्थित पन्ध्र किलोस्थित सडकको खाल्डोमा खसेका थिए उनको पुरानो मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको हो।

माघ ११ गतेदेखि बिदामा रहेका उनी गण्डकी प्रदेश विपद् व्यवस्थापन गुल्म बागलुङमा दरबन्दी भई अस्थायी प्रहरी पोष्ट धारापानी गोरखामा कार्यरत थिए। दुर्घटनामा ३५ वर्षीय विकास सुनार पुन घाइते छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मणिमुकुन्देश्वर चक्रवर्ती आश्रमको साधारण सभा तथा अधिवेशन सम्पन्न, अध्यक्षमा खनाल चयन

रामहरि पुडासैनी । देवघाट, भदौ २५ देवघाट गाउँपालिका–स्थित मणि मुकुन्देश्वर चक्रवर्ती आश्रमको २८ औँ वार्षिक

भोटेकोशी–त्रिशूली बाढीपीडितको उद्धारकालागि व्यास कोसेली घरद्वारा ४० हजारभन्दा बढी सहयोग

तनहुँ । भदौ २२ नेपाल घरेलु तथा साना उद्योग महासंघ महिला उद्यमी समिति तनहुँद्वारा सञ्चालित