प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत देवघाटमा कुलो निर्माण

Devghat Online

शेयर गरौ

देवघाट, माघ २४

देवघाट गाउँपालिका वडा नम्बर २ को कराँदिपमा प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत कुलो निर्माण गरिएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत वडा नम्बर २ मा ‘गलगले कुलो मर्मत’ योजना निर्माण अन्तिम चरणमा पुगेको देवघाट गाउँपालिकाका रोजगार संयोजक कर्ण गुरुङले जानकारी दिए ।


गलगले रोजगार उपभोक्ता समिति मार्फत सन्चालित उक्त योजना अन्तर्गत ३ जना श्रमिकले ८२ मिटरको पक्की कुलो निर्माण गरिररहेका छन् । उक्त कार्यकोलागि कुल २२४ दिन रोजगारी सिर्जना हुने गुरुङले जानकारी दिए ।

उक्त कार्यकोलागि २ लाख ५० हजार रुपैयाँ विनियोजन गरिएकोमा २ लाख ५१ हजार ९ सय ८३ रुपैयाँ खर्च हुने अनुमान गरिएको गाउँपालिकाका रोजगार संयोजक गुरुङले बताए ।

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत चालु आर्थिक वर्षकोलागि देवघाट गाउँपालिकामा २९ वटा योजना छनौट गरिएको छ । ति योजना कार्यन्वयनकोलागि गाउँपालिका भरी २५८ जना बेरोजगारहरु सुचिकृत रहेका छन् । यिनै २५८ जना मध्ये प्राथमिकताको आधारमा रोजगारी दिईने गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती