घिरिङमा निशुल्क स्वास्थ्य शिविर हुने

Devghat Online

शेयर गरौ

दमौली, माघ २४

घिरिङ गाउँपालिकाको आयोजनामा यही माघ २७ गते शनिबार बृहत् निशुल्क स्वास्थ्य शिविर सन्चालन हुने भएको छ ।

कास्की सेवा हस्पिटल एण्ड रिसर्च सेन्टर प्रा.लि.को प्राविधिक सहयोगमा हुने उक्त स्वास्थ्य शिविरमा फिजिसियन, स्त्री तथा प्रसुती रोग, हाडजोर्नी तथा नशा रोग, बालरोग सम्बन्धिका विशेषज्ञ डाक्टरहरु द्वारा स्वास्थ्य परिक्षण हुनेछ ।

स्वास्थ्य शिविर वडा नम्बर ५ स्थित सरस्वती माविको विहान १० देखी दिउँसो ४ बजेसम्म हुनेछ घिरिङ गाउँपालिकाले जनाएको छ । उक्त स्वास्थ्य शिविरमा उपस्थित भई लाभ लिनुहुन गाउँपालिकाका अध्यक्ष होमबहादुर थापाले गाउँपालिकाबासीलाई अनुरोध गरेका छन् ।

उक्त शिविरमा रक्त परिक्षण (सुगर), पिसाव परिक्षण, मुटुको परिक्षण (इसिजी), भिडियो एक्सरे तथा निशुल्क ल्याव सम्बन्धि सेवा उपलब्ध हुने गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल