बन्दिपुरको पर्यटन प्रबर्द्धन सम्बन्धि कार्यक्रमकालागि मुख्यमन्त्री कार्यालयसँग सम्झौता

Devghat Online

शेयर गरौ

बन्दिपुर, माघ २७

तनहुँको बन्दिपुर गाउँपालिकामा पर्यटन प्रबर्द्धनका लागि गन्डकी प्रदेश मुख्यमन्त्री कार्यालयसँग सम्झौता भएको छ ।

प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन कार्यक्रम अन्तर्गत ” बन्दीपुर को पर्यटन प्रबर्द्धनका लागि CAN मोडेल कार्यक्रम’ (Calture Advanture & Nature) सम्झौता भएको बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले बताए । उक्त सम्झौतापत्रमा शुक्रबार बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापा र मुख्यमन्त्री कार्यालयकी सचिव लक्ष्मीकुमारी बस्नेतले हस्ताक्षर गरे ।

उक्त कार्यक्रमकोलागि मुख्यमन्त्री कार्यालयबाट ७५ लाख र बन्दीपुर गाउँ पालिका बाट २८ लाख ९५ हजार ३ सय गरि कुल १ करोड ३ लाख ९५ हजार ३ सय रुपैयाँ बिनियोजन गर्नेछन् ।

उक्त कार्यक्रम अन्तर्गत बन्दिपुरमा सहासिक खेलहरु रक क्लाइम्बिङ, स्टोन ट्रेल तथा सौन्दर्यिकरण, सत्तल पाटी पौवा निर्माण, डिजिटल डिस्प्ले सञ्चालन, क्षमता विकासका  कार्यक्रमहरु सञ्चालन, कला संस्कृति संरक्षण,  पर्यटकीय स्थलहरुको प्रर्बद्धन कार्यक्रम, डकुमेन्ट्री निर्माण लगायतका अन्य कार्यक्रमहरु सञ्चालन गरिने बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले बताए । सो कार्यक्रम पछि बन्दिपुरको पर्यटनमा थप टेवा पुग्ने थापाले बताए ।

मुख्यमन्त्री कार्यालयले गत सुचना सुचना मार्फत मुख्यमन्त्री नवप्रबर्तन कार्यक्रमका लागि तनहुँबाट बन्दिपुर गाउँपालिका र भिमाद नगरपालिका छनौट भएको जानकारी दिएको थियो । चालू आर्थिक वर्षमै सन्चालन हुने सोही कार्यक्रम कार्यान्वयनका शुक्रबार मुख्यमन्त्री कार्यालयमा सम्झौता गरिएको हो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल