राष्ट्रिय युवा संघको व्यास नगर भेला सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, माघ २७

राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीको आयोजनामा शनिबार नगरस्तरीय युवा भेला तथा वनभोज कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय युवा संघ नेपाल व्यास नगर कमिटीका अध्यक्ष अजित पन्थको अध्यक्षतामा भएको सो कार्यक्रममा बोल्ने वक्ताहरुले युवा शक्ति देशको मेरुदण्ड भएको हुदाँ युवाहरुको उचित व्यवस्थापन नै राज्यको कार्यभार हुनुपर्ने बताए ।

कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सल्लाहाकार सदस्य नरेन्द्रराज वाग्ले, राष्ट्रिय युवा संघका गण्डकी प्रदेश अध्यक्ष विकास अधिकारी, नेकपा एमाले गण्डकी प्रदेश कमिटीका पुर्व सदस्यद्वय विष्णुभक्त सिग्देल र श्रीराम कार्की, नेकपा एमाले जिल्ला कमिटिका उपसचिव प्रदिपराज अधिकारी, राष्ट्रिय युवा संघ नेपाल तनहुँ जिल्ला कमिटी अध्यक्ष मदन तिमल्सेना लगायतले मन्तव्य राखेका थिए ।

सो युवा भेलामा विभिन्न संगठनबाट २२ जना युवाहरु युवा संघमा प्रवेश गरेका थिए । नव प्रवेशी युवाहरुलाई पार्टीका नेताहरुले स्वागत तथा पार्टी प्रवेश गराएका थिए । सो कार्यक्रमको सन्चालन नगर कमिटिका सचिव सुदिप पौडेलले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पस र एकदेव आले स्मृति प्रतिष्ठानबीच समझदारीः शिक्षा, अनुसन्धान र पठन संस्कृतिमा सहकार्य हुने

तनहुँ । साउन ८ उच्च शिक्षा संस्था र सामुदायिक संस्थाबीचको सहकार्यलाई संस्थागत, प्रभावकारी तथा दीर्घकालीन

तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी सेवाको सास्ती अन्त्य गर्न सांसद न्यौपानेको पहलः जनशक्ति र उपकरण थपिने

तनहुँ । साउन ७ जिल्ला प्रशासन कार्यालय तनहुँमा राष्ट्रिय परिचयपत्र र राहदानी बनाउन सेवाग्राहीले सास्ती