परियार सेवा समाज भिमादको अध्यक्षमा रामबहादुर चयन

Devghat Online

शेयर गरौ

अन्जान परियार । भिमाद
माघ २७

परियार सेवा समाज भिमाद इकाईको अध्यक्षमा रामबहादुर परियार रतन सर्बसम्मत चयन भएका छन् । भिमाद नगरपालिका–६ डेनमार्क स्थित समाजको भवनमा शुक्रवार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट रतनको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा डासबहादुर परियार, सचिवमा अन्जान परियार, कोषाध्यक्षमा यामकुमारी परियार र सह सचिवमा सुदेश परियार चयन भएका छन् । यस्तै सदस्यहरूमा सृजना नेपाली (परियार), पुर्णबहादुर परियार, गंगा परियार र धनकुमारी परियार रहेका छन् ।

परियार समाज भिमादको अध्यक्ष चयन हुन सफल भएका रतनले समाजको हितमा काम गर्ने प्रतिबद्धता गरेका छन् । समाजको स्थापनाकाल देखि महत्वपूर्ण भुमिका निर्वाह गर्दै आएका रतन कपडा तथा सिलाई ब्यवसायी हुन् ।

शुकबहादुर परियारको अध्यक्षतामा सम्पन्न भएको सो अधिवेशनको भिमाद नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष श्यामसुन्दर जोशीले उद्घाटन गरे । सो कार्यक्रममा जोशीले समिती गठनमा राजनीतिक झल्को नदिन सुझब दिँदै निर्माणाधीन अबस्थामा रहेको समाज भवनलाई नगरपालिकाबाट बजेट बिनियोजनमा सहयोग गर्ने बताए । उनले यदि थप आवस्यक परे राम्रो कार्यको लागि आफ्नो एक महिनाको तलब समाजलाई सहयोग गर्ने प्रतिबद्धता पनि जनाए । अध्यक्ष जोशीले काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप परियारलाई इंगित गर्दै परियार समुदायबाट सरकारी तहमा धेरै जनाले नेत्तृत्व गर्न सफल भएको बताए ।

कार्यक्रममा समाजका निबर्तमान अध्यक्ष कबिराज दर्जी, सिलाई ब्यवसायी संघ तनहुँका सचिब मन बहादुर रतन र समाजका सल्लाहकार हिरा परियारले परियार समुदायको एकता, क्षमता र बिशेषता लाई मुख्य प्राथमिकतामा राखेर काम गर्नुपर्ने बताए ।

सो कार्यक्रमको अबसरमा प्रबासमा रहेर पनि समाजलाई महत्वपूर्ण सल्लाह सुझाब सहित योगदान गर्दै आएका समाजका संस्थापक सचिब अर्पण घले परियारलाई सम्मान गरिएको थियो । कार्यक्रममा स्वागत मन्तब्य डास बहादुर परियारले गरेका थिए भने सन्चालन अन्जान परियारले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू