एमाले चितवनले २ महिना ‘जनतासँग एमाले’ अभियान सञ्चालन गर्ने

Devghat Online

शेयर गरौ

चितवन, माघ २८

नेकपा एमाले चितवनले जनतासँग एमाले अभियान सञ्चालन गर्ने भएको छ । एमाले चितवनको आइतबार बसेको जिल्ला कमिटिको बैठकले जिल्लाका सबै पालिका र वडाहरूमा ‘जनतासँग एमाले’ अभियान सञ्चालन गर्ने निर्णय गरेको एमाले उपसचिव एवम् प्रचार विभाग प्रमुख प्रकाश ढुंगानाले जानकारी दिए ।

प्रचार विभाग प्रमुख ढुंगानाका अनुसार एमालेले गर्ने अभियान सम्बन्धी कार्य योजनाका बारेमा नेताहरूले आआफ्ना धारणा र सुझाव सहित पारित गरेको हो ।

एमालेले कार्य योजनामा एक वडा एक रचनात्मक गर्ने सञ्चालन गर्ने, जनप्रतिनिधि र पार्टीबीचको अन्तर सम्बन्धलाई मजबुत पार्ने, पार्टी सदस्यता नवीकरण, नयाँ पार्टी सदस्यता वितरण र अवस्थाका बारेमा जानकारी लिने, पार्टी प्रवेश अभियान चलाउने, वार्ड स्तरमा रहेका संघ संस्थाहरूको विवरण,अवस्था, रोजगारीको अवस्था,वैदेशिक रोजगारी लगायतका विषयमा जानकारी लिने विषयलाई कार्य योजना भित्र राखेको छ ।

सोही अभियानका क्रममा वडा स्तरमा प्रशिक्षण भेलाहरूको आयोजना गर्ने, टोल कमिटीहरू गठन पुनर्गठन गर्ने, स्थानीय स्तरमा भइरहेका विकास निर्माणको अवस्थाका बारेमा जानकारी लिएर आइपरेका समस्याहरूको समाधानका लागि स्थानीय पार्टी कमिटीले पहल कदमी लिने, जनजीविकाका सवाललाई एमालेले उठाउने जस्ता विषयहरू अभियानका क्रममा गरिने एमाले प्रचार विभाग प्रमुख ढुंगानाले जानकारी दिए ।

एमाले केन्द्रीय उपाध्यक्ष सुरेन्द्र पाण्डेको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा एमाले जिल्ला इन्चार्ज एवम् पोलिटब्युरो सदस्य पार्वत गुरुङ, पोलिटब्युरो सदस्य देवी ज्ञवाली, केन्द्रीय सदस्यहरू जेएन थपलिया, कपिल पोख्रेल, प्रभा बराल, यम बहादुर परियार, प्रदेश उपाध्यक्ष दावा लामा, संविधान सभा सदस्य एवम् पूर्व पार्टी अध्यक्ष कृष्णभक्त पोख्रेल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।

एमाले चितवनका अध्यक्ष रामप्रसाद न्यौपानेको अध्यक्षतामा भएको पार्टीको बैठकमा बोल्ने नेताहरूले पार्टीलाई शुद्धीकरण र सुदृढीकरणका लागी अभियान कोसेढुङ्गा साबित हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

डेढगाउँ पुलः नवलपुरतर्फ एप्रोच सडक बन्यो, तनहुँतर्फ काम सुरु नहुँदा यातायात अवरुद्ध

तनहुँ । असोज २० कालीगण्डकी नदीमा आएको बाढीले बगाएको डेढगाउँस्थित पुलको नवलपुरतर्फ अस्थायी सडक निर्माण

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल