मुग्लिन नारयणगढ सडक अब बन्द नहुने

शेयर गरौ

चितवन, फागुन ९ गते 

पुल निर्माणका लागि पहाड काट्ने भन्दै मुग्लिङ– नारायणगढ सडकखण्ड दिउँसो बन्द गरिँदै आएकोमा अब खुल्ने भएको छ । यस वर्ष ३५ मिटर पहाड काट्न पर्ने भएपछि गत पुसदेखि नारायणगढ–मुग्लिङ सडकखण्डमा दिउँसो १२ बजेदेखि ४ बजेसम्म सवारीसाधन चलाउन बन्द गरिँदै आएको थियो । सडक बन्द गर्न फागुन १२ गतेसम्मको म्याद रहेको छ । सो समयमा बाँकी रहेको सात मिटर पहाड काट्ने काम सकिने भएकाले बाटो अब बन्द नगरिने नागढुङ्गा–मुग्लिङ सडक आयोजना पश्चिम खण्ड–नारायणगढ–मुग्लिङका सूचना अधिकारी इन्जिनियर कृष्ण आचार्यले जानकारी दिनुभयो ।

पुल निर्माणका लागि पहाड काट्नुपर्ने भएपछि वैकल्पिक बाटो नहुँदा सडक बन्द गरेर काम गरिएको थियो । उहाँले भन्नुभयो, “अब काम करिब अन्तिम चरणमा पुगेको छ । बाँकी रहेको छ दिनमा धेरै भाग कटान गरिने छ ।” इन्जिनियर आचार्यले सो समयमा कटान बाँकी रहेमा अन्य उपायबाट कटान गरी सवारीसाधन खुला गरिने जानकारी दिनुभयो ।

जिल्ला प्रशासन कार्यालय चितवनमा बसेको जिल्ला सुरक्षा समितिको बैठकले गत पुस ७ गतेदेखि सडक बन्द गरेर काम गर्ने निर्णय गरेको थियो । पहिलो चरणको समयमा काम नसकिएपछि समय थप गरेर फागुन १२ गतेलाई समय दिइएको थियो । भरतपुर महानगरको भ्रमण वर्षको उद्घाटन फागुन १८ गते हुने भएकाले आयोजनाले पहाड फोड्ने कामलाई तीव्रता दिएको छ । सडक बन्द गरेर काम गर्दा भ्रमण वर्षलाई असर पर्ने भएकाले यही १२ गतेपछि मुग्लिङ–नारायणगढ सडकखण्डमा गरिँदै आएको बन्द हट्ने आयोजनाले जानकारी दिएको छ ।

उच्च क्षमताका तीन वटा एक्साभेटर प्रयोग गरेर चट्टान फोर्ने काम भइरहेको भए पनि कडा चट्टान भएकाले काममा ढिलाइ भएको सूचना अधिकारी आचार्यले जानकारी दिनुभयो ।  ६० मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । ३५ मिटर चट्टान स्पिलटर र हाइड्रोलिन ज्याक हेम्भर प्रयोग गरेर फोर्दै आइएको छ । टनेल, खानीलगायतमा प्रयोग गरिने विधि प्रयोग गरेर अन्तिम प्रयास गरिएको हो । सो सडकका १९ पुलमध्ये चार पुल चार वर्षअघि निर्माण गरिएको छ । बाँकी १५ पुल एकैसाथ ठेक्का लगाइएको थियो । विसं २०७६ चैत १० देखि पुलको निर्माण थालिएको हो । पुलको लागत एक अर्ब २८ करोड रुपियाँ छ । हालसम्म आठ पुल सञ्चालनमा आइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण

देवघाटमा सूचना प्रविधिसम्बन्धी ५ दिने क्षमता विकास तालिम सम्पन्न

देवघाट । जेठ ३१ देवघाट गाउँपालिकाको आयोजनामा सामुदायिक विद्यालयका शिक्षकहरूका लागि सञ्चालन गरिएको सूचना प्रविधिसम्बन्धी