राप्रपा नेपालका नेताहरुद्वारा पार्टी परित्याग

Devghat Online

शेयर गरौ

दमौली, चैत २

राप्रपा नेपालका केन्द्रिय सदस्य सहित तनहुँका नेताहरुले सामुहिक रुपमा पार्टी परित्याग गरेका छन् ।

राप्रपा नेपालका केन्द्रीय सदस्य कृष्णप्रसाद पौडेल, तनहुँ जिल्ला अध्यक्ष विजयकुमार शाही र जिल्ला सचिव नारयणप्रसाद खनालले शुक्रबार पार्टी केन्द्रिय समितिलाई राजिनामा पत्र बुझाएका हुन् ।

अध्यक्ष कमल थापालाई सम्बोधन गरि लेखिएको पत्रमा ‘हामी राप्रपा नेपालको विधान अनुसार विभिन्न पदमा रही सेवा र राप्रपा नेपालको सिद्धान्त अंगिकार गरि पदिय हैसियत अनुसार काम काज गर्दै आएको र हाल पार्टीको गतिविधि फोृहोर फाल्ने डम्पिङ साईटमा परिणत भई बहिष्कृत र जनताको सबै जनाधार गुमाएका मानिसलाई पार्टीमा प्रवेश गराई पार्टीको भविष्यप्रति वेवास्ता गरिएको हुँदा आफ्नो भावनामा गम्भिर धक्का लागेको र स्वास्थ्य तथा घरासयी व्यस्तताले पार्टीको जिम्मेबारीमा रही काम गर्न असमर्थ भएकोले राजिनामा पेश गरेको’ जनाएका छन् ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले केही दिन अघि पुर्वमन्त्री दुर्गा श्रेष्ठलाई पार्टीमा भित्र्याएपछि तनहुँका नेताहरु असन्तुष्ट रहेका थिए । सोही कारण तनहुँका तिन जना नेताहरुले शुक्रबार सो पार्टीबाट राजिनामा दिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय