दीपक मनाङेले मागे स्वतन्त्र सांसदको हैसियत

Devghat Online

शेयर गरौ

पोखरा, चैत ४

स्वतन्त्र सांसद जितेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे ) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेशसभा सचिवालयमा निवेदन दिएका छन् ।

मनाङेले विनाकारण र अनायासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आइतबार प्रदेशसभा सचिवालयमा दलीय आवद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।

‘स्वतन्त्र रुपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेशसभा सचिवलाई निवेदन पेश गर्दछु’, उनले निवेदनमा लेखेका छन् । प्रदेशसभा सचिवालयका प्रवक्ता प्रेम सुवेदीले निवेदनबारे छलफल भैरहेको बताए ।

मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रुपमा निर्वाचित भएका थिए । पछि नेकपा एस प्रवेश गरेका मनाङेलाई प्रदेशसभाको अभिलेख सच्याइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले