देवघाट–५ वासीलाई सिएमसीको उपचारमा २० प्रतिशत छुट दिइने
देवघाट, चैत ४
देवघाट गाउँपालिका र भरतपुरको चितवन मेडिकल कलेज विच वडाबासीको स्वास्थ्य उपचार सम्बन्धी सम्झौता भएको छ । आईतबार चितवन मेडिकल कलेजमा भएको उक्त सम्झौता पत्रमा देवघाट वडा नम्बर ५ का अध्यक्ष पुर्णबहादुर कुँवर र चितवन मेडिकल कलेजका प्रमुख प्रशासक प्रताप देवकोटाले हस्ताक्षर गरेका छन् ।
सम्झौता पत्रमा देवघाट वडा नम्बर ५ का नागरिकहरुले चितवन मेडिकल कलेज (सिएमसि) मा उपचार गर्न चाहेका नागरिकहरुलाई स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सम्बन्धमा प्रचलित कानुनको अधिनमा रही स्वास्थ्य उपचार सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरिएको वडा अध्यक्ष पुर्णबहादुर कुँवरले बताए ।
उक्त सम्झौता गरे पश्चात चितवन मेडिकल कलेजले वडा कार्यालयको इमेल मार्फत विवरणहरु इन्ट्रि गर्ने साइट उपलब्ध गराउने र उक्त साइटमा आफ्ना वडाबासीको सम्पूर्ण विवरणहरु कम्प्युटरमा राखि फोटो खिचाई कार्ड प्रिन्ट गराउन सक्नेछ ।
त्यसैगरि वडा कार्यालयले आफ्नो कार्यालय परिसरमा सर्वसाधारण व्यक्तिहरुले स्पष्ट देखिने ठाउँमा कम्तीमा पनि ४÷६ फिटको बोर्डमा मेडिकल पार्टनर चितवन मेडिकल कलेज उल्लेख गरी राख्नुपर्नेछ ।
चितवन मेडिकल कलेज कार्ड प्रिन्ट गरेका वडाबासीलाई मेडिकल कलेज पक्षबाट उपलब्ध गराउने उपचार सेवाहरुमा २० प्रतिशत रकमको छुट दिनेछ भने अस्पतलाको फार्मेसीमा ७ प्रतिशत रकम छुट उपलब्ध गराउनेछ । अस्तालको ओपिडी टिकटमा र इमरर्जेन्सी टिकटमा पनि यो छुट हुनेछ ।
मेडिकलले वडा कार्यालयको पहिलो सम्झौता नम्बर १ बमोजिम कार्ड उपलब्ध भएको मितिदेखि मात्र छुट दाबि गर्न पाउनेछ । उक्त कार्ड १ महिनाभित्र बनाइसक्नु पर्नेछ । कार्ड नबनुन्जेल हाललाई वडा कार्यलयको सिफारिस बमोजिम सुविधाहरु पाईने सम्झौतामा उल्लेख छ ।
वडावासीले कुनै पनि विमा र मेडिकल लिगल केशमा भने उक्त छुट दाबी गर्न पाउने छैनन । दावी गर्न वा कागजपत्र माग गर्न प्राप्त छुट बराबरको रकम सम्बन्धित विरामीको नामबाट बुझाएमा मात्र प्रथम पक्षले आवश्यक कागजहरु उपलब्ध गराउनेछ । उक्त कुरा सदस्यले अस्पताल भना हुँदाको अवस्थामा सुनिश्चिता गराउनुपर्नेछ सम्झौतामा उल्लेख छ ।
यसैगरि वडा अध्यक्षको सिफारिसमा अस्पतालको सेवाहरुमा १० प्रतिशत छुट दिईने र चितवनको रोयल क्यान्सर इन्सीच्यूटमा सन्चालित सिटिईभिटिको पढाईमा विद्यार्थीहरुलाई १० प्रतिशत छुटको सिफारिस गर्नेछ ।
अस्पताल र वडा कार्यालयबाट उपलब्ध गराइएको स्वास्थ्य कार्डबाट प्राप्त गर्ने सुविधा सम्झौताको मितिसम्म लागु रहने छ भने सम्झौता नवीकरण नभएमा पनि उक्त कार्ड प्रयोग गर्न सकिन्छ तर उपचारमा छुट भने नहुने वडा अध्यक्ष कुँवरले बताए ।
वडा कार्यालयको स्वास्थ्य सम्बन्धी कुनै कार्यक्रमहरु सन्चालन गर्नुपर्ने भएमा मेडिकल कलेजले आवश्यक स्वास्थ्य सम्बन्धी जनशक्ती उपलब्ध गराउने पनि सम्झौतामा उल्लेखछ । साथै उक्त सम्झौता चैत ४ गते आईतबार गतेबाट लागू भई आगामी २०८४ चैत ३० गतेसम्म हुनेछ ।
सो सम्झौता पत्रमा साक्षीको रुपमा देवघाट ५ की वडा सचिव पविता खनाल, वडा नम्बर ५ निवासी अर्जुन अधिकारी तथा अस्पतालका व्यवस्थापक पारस अधिकारी र फार्मेसीका सरोज प्रसाद ज्ञवाली रहेका छन् ।
उक्त सम्झौतापत्रमा साक्षीको रुपमा रहेका देवघाटका समाजसेवी अर्जुन अधिकारीले उक्त सम्झौता ऐतिहाँसिक भएको र यसले देवघाटबासीलाई निकै फाईदा पुग्ने बताए ।