बन्दीपुरका विभिन्न योजनाका लागि सहरी विकास मन्त्रालयसँग बजेट माग

Devghat Online

शेयर गरौ

काठमाडौं, चैत २२

तनहुँको बन्दीपुर गाउँपालिकामा विभिन्न योजनाहरू तथा पूर्वधार निर्माणका लागि सहरी विकास मन्त्रालयसँग बजेट माग गरिएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाले गाउँपालिकाका विभिन्न योजनाहरू पूरा गर्नका लागि बजेट माग गरिएको बताएका छन् । सहरी विकास मन्त्री धनबहादुर बुढा सँग भेटवार्ता गरी बन्दीपुरका विभिन्न योजनाहरूलाई बजेट विनियोजन गरिदिनका लागि आग्रह गरेका छन् ।

गाउँपालिका अध्यक्ष थापाले आर्थिक वर्ष २०८१÷८२ का लागि बन्दीपुर गाउँपालिकामा बन्दीपुर–रिङरोड सडक कालोपत्रेका लागि ३ करोड, याम्पा–बाहुनभन्ज्याङ–तीनधारा सडक कालोपत्रेको लागि ५ करोड, डुम्रे–मनास्लु– गुरुङटार कालोपत्रेको लागि १ करोड, बोकेखोला–लोहीपाखा कालोपत्रेका लागि ३ करोड, चामुण्डामाई पोखरी डिपिआरको लागि २० लाख लगायतका अन्य बजारका क्षेत्रहरूमा कालोपत्रे गर्नका बजेट विनियोजन गरिदिनको लागि भौतिक पूर्वधार तथा यातायात मन्त्री समक्ष आग्रह गरेका छन् ।

यसअघि मङ्गलबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका मन्त्री रघुवीर महासेठसँग बन्दीपुर–ढाँडखोला– बुद्धसिंह मार्गका लागि १० करोड, बन्दीपुर– धरमपानी सडकका लागि १० करोड यस्तै सारंघाट – ग्याँजाटार मोटर मार्गको लागि रु ३ करोड तथा धरमपानी–सारङ्गघाट सडकका लागि ३ करोड विनियोजन गरिदिनको लागि आग्रह गरेका थिए ।

खानेपानी योजनाका लागि खानेपानी मन्त्री राजेन्द्रकुमार राईलाई भेटी पर्यटकीय नगरी बन्दीपुरमा खानेपानीको अभाव रहेको भन्दै बन्दीपुरका विभिन्न खानेपानी योजनाका लागि आवश्यक बजेट उपलब्ध गराउन माग गरेका थिए ।

विभिन्न मन्त्रालयमा बजेट माग गर्नका लागि गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापा सहित राष्ट्रिय सभाकी सांसद भगवती न्यौपाने, नेकपा एमाले गण्डकी प्रदेश कमिटिका सदस्य रामबहादुर गुरुङ, सरसफाई विज्ञ एवं समाजसेवी नमस्ते लालभूमि, बन्दीपुर गाउँपालिका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठ, नेकपा एमालेका नेता इन्द्र कुँवर, गाउँपालिकाका अध्यक्ष थापाका स्वकिय सचिव अमिर गुरुङ लगायतको सहभागिता रहेको छ ।

त समाचार कुन्ज अनलाइनका सन्चालक तथा प्रेस चौतारी गन्डकी प्रदेशका सदस्य समर रानाभाटलाई जन्मदिनको धेरै धेरै शुभकामना छ

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य