बन्दिपुरको विकासमा सघाउने पुर्व मन्त्री श्रेष्ठको प्रतिबद्धता

Devghat Online

शेयर गरौ

काठमाडौं, चैत २२

पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद कृष्णकुमार श्रेष्ठ किसानले बन्दिपुर गाउँपालिकाको विकास आयोजनामा आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । आफुलाई भेट्न आएका बन्दिपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा सहितको टोलीसँग पुर्वमन्त्री श्रेष्ठले आफु विशेष कारणले अहिले तनहुँ छोडेर बारा जिल्लाबाट प्रतिनिधि सभामा निर्वाचित भएपनि तनहुँको विकासमा आफ्नो साथ र सहयोग पुर्ण रुपमा रहने विश्वास दिलाएका थिए ।

बन्दिपुर गाउँपालिकाको विभिन्न विकास योजनामा सघाउन बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापा नेतृत्वको टोलीले विहिबार पुर्व मन्त्री तथा प्रतिनिधि सभाका सांसद श्रेष्ठसँग अनुरोध गरेको थियो । अध्यक्ष थापाले पुर्वमन्त्री श्रेष्ठसँग बन्दिपुर गाउँपालिकाका खानेपानी, पर्यटन, सडक तथा अन्य भौतिक पुर्वाधारको योजनामा सघाउन अनुरोध गरेका थिए ।

नेकपा एकिकृत समाजबादीका नेता समेत रहेका पुर्वमन्त्री श्रेष्ठसँग बन्दिपुर गाउँपालिकाका अध्यक्ष थापाले विशेषगरि नेकपा एसले सम्हालेको शहरी विकास मन्त्रालय अन्तर्गतका योजनामा सहयोग गर्न अनुरोध गरेका थिए ।

सो अवसरमा पुर्वमन्त्री श्रेष्ठले आफु तनहुँ क्षेत्र नम्बर १ को सांसद हुँदा बन्दिपुरको मिनी ग्रेटवाल, मुकुन्देश्वरी मन्दिर, बन्दिपुर–मुच्चुक–छाब्दी बाराही सडक, बन्दिपुर–भारगाउँ सडक, बन्दिपुर–बुद्धसिंह मार्ग जोड्ने सडक तथा पिप्ले–बन्दिपुर सडक लगायत विभिन्न योजनाको लागि रकम विनियोजन गरेको तथा बन्दिपुर बृहत खानेपानी योजनाकोलागि पनि आवश्यक रकमको व्यवस्था मिलाएको भन्दै अव पनि बन्दिपुरका विभिन्न योजनामा आफ्नो तर्फबाट र आफ्नो पार्टीले नेतृत्व गरेको मन्त्रालयको तर्फबाट आवश्यक सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएका थिए ।

पुर्वमन्त्री श्रेष्ठले अव आफु गृह जिल्ला तनहुँ आउँदा बन्दिपुर आउने र त्यहाँका नागरिक समाजका अगुवाहरुसँग भेट गर्ने प्रतिबद्धता समेत जनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता