घिरिङ, बैशाख १०
घिरिङ गाउँपालिकाले सबै वडाका टोल टोलमा पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने भएको छ । चालु आर्थिक वर्ष ०८०÷८१ को तेश्रो त्रैमासिक वापतको सामाजिक सुरक्षा भत्ता घिरिङ गाउँपालिका र कुमारी बैंक लिमिटेड मानपुर शाखाको संयुक्त घुम्ती शिविर मार्फत बैशाख १० गते सोमबारबाट प्रत्येक वडाको टोल टोलमा पुगेर वितरण सुरु गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद ढकालले जानकारी दिए ।




पहिलो दिन वडा नम्बर १ को वडा कार्यालय र दिपक मावि बैडीबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको छ । यसैगरि बैशाख ११ मंगलबार वडा नम्बर २ को कार्यालय र भोरकोट आमा समुहको भवनबाट सामाजिक सुरक्षा भत्ता तिरण गरिने गाउँपालिकाले जनाएको छ ।
यसैगरि बैशाख १२ गते बुधबार वडा नम्बर ३ को नेवार समाजको भवनबाट, बैशाख १३ गते वडा नम्बर ४ को बाल ज्योती प्रावि नयाटार र फुलाबाट र बैशाख १४ गते वडा नम्बर ५ को बुद्धि प्रावि र कामधेनु माविबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत ढकालले जानकारी दिए ।












