एमाले आवुँखैरेनी गाउँ कमिटिको अधिवेशन सम्पन्न, अध्यक्षमा आले

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, जेठ १७

नेकपा एमाले आबुँखैरेनी गाउँ कमिटिको अध्यक्षमा पुर्णबहादुर आले निर्वाचित भएको छन् । विहिबार सम्पन्न गाउँ कमिटिको नवौं अधिवेशनबाट आलेको अध्यक्षतामा गाउँ कमिटि सर्वसम्मत निर्वाचित भएको हो ।

कमिटिको उपाध्यक्ष, सचिव र उपसचिवमा क्रमशः चन्द्रबहादुर थापा, खितबहादुर राना, कर्ण बहादुर भुजेल र मिना औलीया निर्वाचित भएका छन् ।

त्यसैगरि सदस्यहरुमा बेदुप्रसाद कडेंल, कुमारी नेपाली, दिर्घ खनाल, जिवन श्रेष्ठ, गोपाल थापा, ओमकाजी श्रेष्ठ, माया दर्जी, मिरमिसी मगर, सेसबहादुर मगर, निलबहादुर गुरुङ, मनकौरी गुरुङ, दिलिप गुरुङ र बृषबहादुर गुरुङ चयन भएका छन् ।

निवर्तमान अध्यक्ष कपिल खनालको अध्यक्षतामा भएको सो अधिवेशनको नेकपा एमालेका केन्द्रीय सदस्य तथा तनहूँ जिल्ला इन्चार्ज तिलक महतले उद्घाटन गरेका थिए । सो कार्यक्रममा केन्द्रीय सदस्य महत, केन्द्रीय सल्लाहाकार सदस्य एकबहादुर राना, पुर्व केन्द्रीय सदस्य प्रतापलाल श्रेष्ठ, प्रदेश कमिटि सदस्य रामबहादुर गुरुङ, जिल्ला कमिटिका अध्यक्ष हरिराज कडेंल, सचिव प्रदिप अधिकारी, उपसचिव सुनिता नेपाली लगायतले मन्तव्य राखेका थिए । सो कार्यक्रममा स्वागत मन्तव्य मुना लामाले गरेकी थिइन् ।

नेकपा एमालेको स्थानीय पालिकाहरुको अधिवेशन विहिबारबाट सुरु भएको छ । विहिबार पहिलो दिन आबुँखैरेनी गाउँ कमिटिको अधिवेशन आयोजना गरिएको थियो । अव जेठ १९ गते घिरिङ, जेठ २० गते ऋषिङ, जेठ २२ गते बन्दिपुर, जेठ २३ र २४ गते शुक्लागन्डकी, जेठ २५ र २६ गते व्यास नगर, जेठ २७ र २८ गते भिमाद, जेठ २९ गते देवघाट, जेठ ३० र ३१ गते भानु र जेठ ३२ गते म्याग्दे गाउँ कमिटिको अधिवेशन हुने एमाले तनहुँका सचिव प्रदिपराज अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४

देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

विष्णु मगर । देवघाट, असार १३ वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित