अनलाईन मार्फत ठगी गर्ने ब्यक्ति पक्राउ

Devghat Online

शेयर गरौ

दमौली, जेठ १७

अनलाईन मार्फत ठगी गर्ने एक व्यक्तिलाई तनहुँ प्रहरीले बुधबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा सर्लाही जिल्ला बागमती नगरपालिका वडा नम्बर १ बस्ने २६ बर्षिय सुमन बुढाथोकी रहेका छन् ।

उनले म्याग्दे गाउँपालिका वडा नम्बर ४ का वडा अध्यक्ष दिपक कुमार श्रेष्ठको सामाजिक सन्जाल फेसबुक ह्याक गरी लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नम्बर ३ सुर्यपाल बस्ने आकाश गुरुङलाई म्यासेन्जर मार्फत केही रकमको आवश्यकता परेको भनी म्यासेज गरी बिश्वास दिलाई इसेवा मार्फत गत बैशाख १९ गते देखी गतेदेखी पटक पटक गरी एक लाख रुपैयाँ पठाउन लगाई ठगी गरेका थिए ।

आफु ठगिएको बारेमा पीडित गुरुङले जिल्ला प्रहरी कार्यालयमा दिएको निबेदनको आधारमा उक्त रकम ठगी गर्ने व्यक्ती खोजतलास गर्ने क्रममा अनुसन्धानको क्रममा बुढाथोकी पक्राउ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

बुढाथोकीलाई बुधबार ईलाका प्रहरी कार्यालय हरिवन सर्लाहीको सहयोगमा सर्लाही बागमती नगरपालिका–१ बाट पक्राउ गरी ठगी सम्बन्धी कसुरमा विहिबार तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४

देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

विष्णु मगर । देवघाट, असार १३ वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित