तनहुँमा जेठ २१ गते छुवाछुत उन्मुलन दिवस भव्य रुपमा मनाइने

Devghat Online

शेयर गरौ

दमौली, जेठ १८

संयुक्त राजनीतिक दलित संघर्ष समिति तनहुँको आयोजनामा जेठ २१ गते छुवाछुत उन्मुलन दिवस भव्य रुपमा मनाइने भएको छ । नेपाल सरकारले विसं २०६३ साल जेठ २१ गते नेपालका सबै किसिमका विभेद र जातिय छुवाछुत उन्मुलन राष्ट्र घोषणा गरेपनि तनहुँमा पहिलो पटक यस दिवस मनाउन लागिएको हो ।

कार्यक्रमलाई भव्य रुपमा सम्पन्न गर्न जिल्लाव्यापी प्रचारप्रसार र भेटघाट कार्यलाई तीब्रता दिइएको सो समितिले जनाएको छ । २०६८ को छुवाछुत कसुर ऐन र २०७२ सालको संविधानले सबै वर्ग र समुदायको हकअधिकार सुनिश्चित गरेपनि कार्यन्वयन पक्ष फितलो र अन्त्य हुन नसकेकाले दबाब स्वरुप कार्यक्रमको आयोजना गरिएको समितिका संयोजक डोवाटे बिकले जानकारी दिए ।

सबै वर्ग,समुदाय र सबै नेपालीले छुवाछुत अन्त्यको लागि ऐक्यबद्धता जनाएर सहयोग गरिदिन समेत संयोजक बिकले आग्रह गरेका छन् । त्यसैगरी कार्यक्रमको बारेमा जानकारी दिन जेठ १९ गते दिउँसो २ बजे दमौलीमा पत्रकार सम्मेलनको आयोजना गरिएको समितिले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४

देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

विष्णु मगर । देवघाट, असार १३ वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित