हावाहुरीले तनहुँको सयौं घरको छाना उडायो, लाखौंको क्षति (तश्विरहरु)

Devghat Online

शेयर गरौ

दमौली, जेठ १८

तनहुँमा बिहीबार साँझ हावाहुरीसँगै आएको असिना पानीले विभिन्न स्थानमा लाखौँको क्षति पुगेको छ । व्यक्तिका घर, गोठ, विद्यालय, कृषि बाली, बिजुलीका पोलमा क्षति पु¥याएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए ।

प्रजिअ गौतमका अनुसार हालसम्म प्राप्त जानकारी हावाहुरीले तीनसय घर, दुई विद्यालय, एक मन्दिरको छाना उडाउने तथा भत्काएको छ । चट्याङ्ग पर्दा व्यास नगरपालिका–८ रिस्तीमा एक घरमा क्षति पुगेको छ । क्षतिको विवरण सङ्कलन भएको नेपाल रेडक्रस तनहुँसँग समन्वय गरेर पीडितलाई त्रिपाल लगायतको व्यवस्थापन भइरहेको प्रजिअ गौतमले जानकारी दिए ।

हावाहुरीसँगै आएको असिनापानीले विभिन्न किसानले लगाएको तरकारीमा क्षति पु¥याएको छ । फल लागेका आप, सुन्तला, लिची अन्य तरकारी बालीमा हावाहुरी र असिनापानीले क्षति पु¥याएको छ । हावाहुरीले मानवीय क्षति नभएको प्रजिअ गौतमले बताए ।

यस्तै, जिल्लाको विभिन्न स्थानमा हावाहुरीले विद्युत अवरोध बनेको छ । विद्युत पोल तथा तारमा भएको क्षतिले विद्युत प्रवाहमा अवरोध भएको तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले जानकारी दिए । विद्युत सेवा सूचारु गर्न रेग्मीसहितको टोली अवरोध भएको स्थानमा खटिएका छन् । ठुला–ठुला रुख ढलेर तारमा लागेकाले पोल समेत ढलेको रेग्मीले जानकारी दिए ।

व्यास नगरपालिकाको वडा नम्बर ७ कलेस्ती, वडा नम्बर ९ को गजौडें, १० को बैरेनी, वडा नम्बर ११ को पोल्याङ, वडा नम्बर– १२ को छिर्कने, १३ को पोखरीभञ्ज्याङ, १४ को कुलुङ लगायतका दर्जनौ स्थानमा विद्युत पोल ढलेर विद्युत सेवा अबरुद्ध भएको तनहुँ वितरण केन्द्रले जनाएको छ । हुरीले रुख ढलेर लाग्दा बन्दीपुर गाउँपालिका–१ भैंसीगोठस्थित खड्गदेवी मन्दिर भत्किएको स्थानीय सन्जय श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा