देवघाटमा सुरक्षित खानेपानी प्रतिबेदन सार्वजानिक

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १९

देवघाट गाउँपालिकामा सुरक्षित खानेपानी प्रतिबेदन सार्वजनिक गरिएको छ । नेपाल भारत आदिवासी जनजाति मैत्री संघद्वारा शुक्रबार देवघाटमा आयोजित कार्यक्रममा सुरक्षित खानेपानी सम्बन्धी प्रतिवेदन सार्वजानिक गरिएको हो ।

नेपाल भारत आदिवासी जनजाति मैत्री संघद्वारा देवघाट गाउँपालिकाको पाँच वटै वडामा सुरक्षित खानेपानी पानी अभियान सम्बन्धी कार्यक्रमको बारेमा जानकारी दिन सो कार्यक्रम आयोजना गरिएको थियो ।

देवघाट गाउँपालिका भित्र बसोबास गर्ने नागरिक र देवघाटधामका विभिन्न आश्रम र मठ मन्दिरमा बाहिरबाट आउने पर्यटक र तिर्थालु भक्तजनहरुलाई प्रशोधित सुरक्षित खानेपानी सेवा उपलब्ध गराउने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको नेपाल भारत आदिवासी जनजाति मैत्री संघका अध्यक्ष विनोद गुरुङले बताए ।

देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापाले सुरक्षित खानेपानी संवेदनशील विषय भएको र जनस्वास्थ्यसँग जोडिएको विषय भएकोले गाउँपालिकाको आगामी नीति तथा कार्यक्रममा सामेल गरि गाउँपालिकाका पुरै ५ वटा वडाहरुमा सुरक्षित खानेपानी सम्बन्धी कार्यक्रम लागू गरि नेपाल भारत आदिवासी जनजाति मैत्रीसंघसँग साझेदारी गरि अघि बढ्ने बताए ।

सो कार्यक्रममा देवघाट गाउँपालिकाका उपाध्यक्ष भूवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत गौरी प्रसाद आचार्य, वडा नम्बर ५ का अध्यक्ष एवं गाउँपालिकाका प्रवक्ता पुर्णबहादुर कुंवर, सुरक्षित खानेपानी विज्ञ सम्पूर्ण सिंह लगायतले सुरक्षित खानेपानीको महत्वको बारेमा मन्तव्य राखेका थिए । सो कार्यक्रमको सन्चालन देवघाट गाउँपालिका पर्यटन तथा विपत व्यवस्थापन शाखा प्रमुख होम बहादुर भारतीले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

समाजसेवी देवकोटाद्वारा राष्ट्रिय माध्यमिक विद्यालयलाई स्टेशनरी सामग्री सहयोग

विष्णु मगर । देवघाट, असार १३ काठमाडौं निवासी व्यवसायी तथा समाजसेवी सुष्मा देवकोटाले देवघाट गाउँपालिका–४

देउती सामुदायिक वनमा तिन हजार बिरुवा रोपण, संरक्षण र आयआर्जनमा विशेष जोड

विष्णु मगर । देवघाट, असार १३ वन संरक्षणलाई आर्थिक समृद्धिसँग जोड्ने उद्देश्यसहित देवघाट गाउँपालिका–५ स्थित