सुर्तीजन्य पदार्थको प्रयोग र विक्रीमा रोक लगाउन माग गर्दै ज्ञापनपत्र

Devghat Online

शेयर गरौ

देवघाट, जेठ १९

श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती तनहुँले सुर्तीजन्य पदार्थको प्रयोग र विक्रीमा रोक लगाउन माग गर्दै ज्ञापनपत्र बुझाएको छ । विश्व सुर्तीजन्य पदार्थ विरुद्धको दिवसको अवसरमा शनिबार (मे ३१) देवघाटमा कार्यालय रहेको श्रीकृष्ण प्रणामी युवा परिषद नेपाल जिल्ला समिती तनहुँले देवघाट गाउँपालिकामा ज्ञापनपत्र बुझाएको हो ।

सुर्तीजन्य पदार्थको प्रयोग र विक्रीमा रोक लगाउन माग गर्दै र सुर्तीजन्य पदार्थको नियन्त्रण र नियमन गर्न स्थानिय सरकारहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापा मार्फत तनहुँका १० वटै स्थानीय तहमा ज्ञापनपत्र बुझाईएको समितिले जनाएको छ ।

समितिमा आवद्ध युवाहरुले देवघाट गाउँपालिकामा ज्ञापनपत्र हस्तान्तरण सहित सचेतता मुलक प्लेकार्ड प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू