बन्दिपुरमा पूर्ण खोप सुनिश्चिता दिगोपना तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २६

तनहुँको बन्दिपुर गाउँपालिकामा पूर्णखोप सुनिश्चितता दिगोपना तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका अध्यक्ष सुरेन्द्रबहादुर थापाको अध्यक्षता तथा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख अतिथ्यतामा शुक्रबार पूर्ण खोप सुनिश्चितता दिगोपना तथा प्रमाणीकरण कार्यक्रम सम्पन्न भएको हो ।

बन्दिपुर गाउँपालिकामा सबै प्रकारका खोप जन्मदेखि १५ महिनाका बालबालिकालाई लगाइएको खोपछुट कोही बालबालिका पनि नभएको गाउँपालिकामा बसोबास गर्ने सबै बालबालिकाले पूर्णमात्रामा पाएको हुनाले यहाँका स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वयंसेविकाहरूलाई वडाको प्रमाणीकरण तथा पालिका खोप प्रमाणीकरण प्रमाणपत्र वितरण समेत गरिएको थियो ।

कार्यक्रममा गाउँपालिका उपाध्यक्ष पञ्चमाया गुरुङ, प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्य, गाउँपालिका वडा नम्बर १ देखि ६ वटै वडाका अध्यक्षहरू ,स्वास्थ्य कार्यालय खोप अधिकृत शंकर बाबु अधिकारी, स्वास्थ्य शाखा प्रमुख अञ्जिर भट्टराई, जनस्वास्थ्य निरीक्षक किरण बाबु श्रेष्ठ, लगायत गाउँपालिकामा कार्यरत विभिन्न स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मी, खोप समन्वय समिति विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरू र सुरक्षाकर्मी सरोकारवाला निकायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन गाउँपालिकाका सुरज भट्टराईले गरेका थिए ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्