बन्दिपुरमा सामी कार्यक्रम अन्तर्गत चप्पल बनाउने तालिम

Devghat Online

शेयर गरौ

बन्दिपुर, जेठ २६

बन्दिपुर गाउँपालिका–१ बानियाटारमा चप्पल बनाउने तालिम प्रदान गरिएको छ । सुरक्षित आप्रवासन कार्यक्रम सामी अन्तर्गत वित्तीय साक्षरता कक्षामा सहभागीहरूलाई एक हप्ते चप्पल बनाउने तालिम बिहीबार देखि सुरु भएको हो ।

बैदेशिक रोजगारीमा रहेका घरपरिवारका सदस्यहरूलाई लक्षित गरी वित्तीय साक्षरताको २१ हप्ते कक्षा सम्पन्न गरी सिपमूलक तालिम प्रदान गरी स्वरोजगार बनाउने उद्देश्यले कार्यक्रम सञ्चालन भएको वित्तीय साक्षरता सहजकर्ता मन्सरी गुरुङले बताइन् । तालिम सम्पन्न पश्चात् समूहले आफ्नै डिजाइन र ब्रान्डमा सबै मानिसले लगाउन मिल्ने हवाई चप्पल उत्पादन गर्न सक्षम भएको बानियाटा टोल विकास समूहका अध्यक्ष शिव खत्रीले बताए ।

बन्दिपुर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष शिवकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यको प्रमुख आतिथ्यता रहेको थियो ।

स्वदेशमै आत्मनिर्भर बन्न सक्ने तथा विदेश जान चाहनेहरूको लागि पनि यस्ता सिपले महत्वपूर्ण भूमिका खेल्ने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादवराज आचार्यले बताए । सीप सँगै चप्पल बनाउने प्रविधि हस्तान्तरण गर्ने र बजार व्यवस्थापनमा पालिकाले सघाउने गाउँपालिकाका प्रवक्ता एवं वडा नम्बर १ का अध्यक्ष शिवकुमार श्रेष्ठले बताए ।

सुरक्षित आप्रवासन परियोजना सामीले वैदेशिक रोजगारीको क्षेत्रमा काम गर्दै आएको भएपनि रिटर्नी स्वयंसेवक मार्फत आआफ्नो क्षेत्रमा वैदेशिक रोजगारमा जान चाहने युवा र फर्किएका युवाहरूलाई सूचना न्याय सीप र अन्य विषयवस्तुमा यस परियोजनाले सचेतना कार्यक्रम मार्फत काम गर्दै आइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू